आज पुष १६ गते सोमबार, तपाइको आर्थिक राशिफल कस्तो रहेको छ?


  • Himalayan Bank Limited (HBL)
आज पुष १६ गते सोमबार, तपाइको आर्थिक राशिफल कस्तो रहेको छ?

पुष १६ गते सोमबार, पौष कृष्णपक्ष पञ्चमी तिथि

मेष
राजनीति, आर्थिक र सामाजिक क्षेत्र यथास्थितिमा छ। जग्गाको कारोबार र व्यवसायमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

वृष 
वृष राशि भएकाहरुको आज स्वास्थ्यमा समस्या र धनको हानी हुन सक्ने रहेकाले ध्यान दिनुपर्नेछ। 

मिथुन 
धन लाभ हुनेछ। प्रधिस्पर्धी निस्तेज हुनेछन्। व्यापार व्यवसायमा फाइदा हुनेछ।

कर्कट
कर्कट राशिका व्यक्तिहरुलाई आज मानसिक चिन्ता बढ्ने र धनको हानी हुन सक्ने भएकाले विचार पुर्याउनु पर्नेछ। 

सिंह
चन्द्रमाको शुभ प्रभावले आज सिंह राशि भएकाहरुलाई कामबाट खुसि र सन्तुस्टि मिल्न सक्नेछ। 

कन्या
आज कन्या राशि भएका व्यक्तिहरुको मानसिक चिन्ता बढ्ने र धनको हानी हुन सक्ने रहेकाले ध्यान दिनुपर्नेछ। 

तुला
आज तुला राशिको आम्दानी बढ्ने र व्यापारबाट पर्याप्त लाभ हुने समय रहेको छ। 

वृश्चिक
पारिवारिक सहयोग मिल्नेछ। बोल्दा विचार गर्नुहोला। निर्णय गर्ने अधिकार प्रत्यायोजन गर्नुहोला। राजनीति, सामाजिक, वैदेशिक क्षेत्रमा सामान्य राम्रो छ।

धनु
आज धनु राशिको काममा समस्या हुनाले मन अस्थिर रहन सक्छ। 

मकर
आज मकर राशि भएका व्यक्तिहरुको मनमा चंचलता बढ्ने र आर्थिक हानी हुने समय रहेकाले कारोबार गर्दा विचार पुर्याउनु पर्नेछ। 

कुम्भ
आज कुम्भ राशि भएका व्यक्तिहरुको लाभदायक छोटो यात्रा हुने र व्यवसायमा लाभ मिल्न सक्ने रहेको छ।  

मीन
आज मीन राशि भएका व्यक्तिहरुलाई धनको लाभ, मानसम्मान बढ्ने र शत्रु नाश हुने समय छ।

____

२०८० साल पुष महिनाको मासिक राशिफल 

मेष                            
मेष राशि हुनेहरुको लागि पुष महिना सामान्य रहनेछ । सूर्यको गोचर फल अनुसार स्वास्थ्यमा केहि समस्याको सामना गर्नुपरे पनि आर्थिक क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने अवसर छ । यात्रा त्यति फलदायक नहुन सक्छ । पहिले लगानी गरेकोबाट राम्रो लाभ भएपनि नया लगानी गर्ने समय छैन। अरुलाई धन सापटी दिँदा फिर्ता हुन गाह्रो पर्न सक्छ। 

वृष 
वृष राशि हुनेहरुको लागि पुष  महिना सामान्य नै छ । सूर्यको गोचर अनुसार काममा वा व्यवसायमा केहि नयाँ समस्या पनि देखा पर्न सक्ने भएकाले काममा अलिक मेहनत गर्नुपर्ने छ। आर्थिक क्षेत्र सामान्य नै रहन सक्ने छ तर खर्च गर्दा सचेत हुन जरुरी छ। सहि व्यक्तिसंग मात्र सल्लाह लिएर काम गर्दा राम्रो होला।  

मिथुन 
मिथुन राशि हुनेहरुको लागि पुष महिना राम्रो रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । छोटो यात्रा हुन सक्नेछ। कामबाट वा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्न सक्ने समय छ।  काममा पदोन्नति हुन सक्ने सम्भावना छ । अरुको कुरामा सोचविचार नगरी लाग्दा भने समस्या हुन सक्ने भएकाले गर्दा ध्यान दिनुपर्ने देखिन्छ। 

कर्कट 
कर्कट राशि हुनेहरुको लागि यो पुष राम्रो रहनेछ । आर्थिक क्षेत्रमा गरिएको मेहनतको राम्रो परिणाम मिल्नेछ। व्यवसायमा वृद्धि हुनेछ।आयआर्जनमा पनि राम्रो सुधार हुनेछ। शत्रुहरुले काममा समस्या गर्न सक्ने भएकाले ध्यान दिनुपर्ने छ। 

सिंह
सिंह राशि हुनेहरुको लागि पुष महिना सामान्य छ । परिवारमा स्वास्थ्य सम्बन्धि समस्या आउनाले खर्च बढ्न सक्ने छ ।  सोचेको व्यक्तिबाट पनि सहायता नमिल्न सक्छ। काममा ढिलासुस्ती हुन सक्छ। महिनाको अन्त्यतिरबाट आम्दानीमा केहि सुधार आउने छ। 

कन्या 
कन्या राशि हुनेहरुको लागि पुष महिना सामान्य रहनेछ। काममा अवरोधको सामना गर्नुपर्ने हुन सक्ने भएकाले अलिक धेरै मेहनत गर्नुपर्ने छ। खर्चमा पनि केहि वृद्धि हुन सक्छ।  महिनाको अन्त्यतिरबाट काम वा व्यवसायमा सुधार हुने र आम्दानीमा पनि सुधार हुन सक्छ। 

तुला 
तुला राशि हुनेहरुको लागि पुष  महिना राम्रो रहनेछ । काममा वा व्यवसायबाट सोचेको जस्तो आम्दानी गर्न सकिएला। आर्थिक क्षेत्रमा रहेका बाधाहरु पनि हट्नेछन्   । नजिकका साथीभाई वा आफन्तको सरसहयोग पनि प्राप्त गर्न सकिनेछ । नयाँ अबसरहरु पनि मिल्न सक्ने समय रहेको छ। 

वृश्चिक
वृश्चिक राशि हुनेहरुको लागि पुष महिना राम्रै रहनेछ । आम्दानी का नया स्रोत खुल्ने छन् । नोकरीको क्षेत्रबाट सफलता मिल्ने छ । अरुलाई दिएको धन फिर्ता नहुन सक्ने रहेकाले लेनदेन गर्दा सचेत रहनुपर्ने छ। कामको कारणले गर्दा मानसिक तनाब पनि बढ्न सक्ने छ। 

धनु 
धनु राशि हुनेहरुको लागि पुष महिना मध्यम  रहला । । आर्थिक क्षेत्र तेती सबल नहोला ।  सफलताको लागि कडा मेहनत गर्नुपर्ला। स्वास्थ्यमा समस्या र मानसिक तनाब हुन सक्ने रहेकाले स्वास्थ्यमा पनि ध्यान दिनुपर्ला। काममा ध्यान दिन नसक्दा समस्या आउन सक्ने भएकाले काममा लगनशील भएर लाग्नुपर्नेछ। 

मकर 
मकर राशिको लागि पुष महिना सामान्य  छ ।  लगानी गर्दा पनि ध्यान दिनुपर्ने छ ।  स्वास्थ्य सम्बन्धि समस्याले गर्दा धन खर्च हुन सक्ने सम्भावना छ। महिनको अन्तिमतिर बाट काममा प्रगति र आर्थिक क्षेत्रमा सुधार हुन सक्ने योग छ।  

कुम्भ 
कुम्भ राशिको लागि पुष महिना राम्रो हुनेछ । सूर्यको गोचर अनुसार तपाईंको राशिबाट एघारौँ स्थानमा यो महिनाभरि रहने भएकाले गरेका कामहरुबाट सफलता मिल्न सक्नेछ भने काममा नया अवसरहरु पनि मिल्न सक्ने समय छ।  व्यवसायमा वृद्धि हुनुका साथै उचित लाभ पनि मिल्न सक्ने समय छ । 

मीन 
मीन लागि पुष महिना राम्रो  छ । सूर्य यो महिनाभरि तपाईंको राशिबाट दशौँ राशिमा रहने भएकाले उचित मेहनतले गर्दा सोचेअनुसारको सफलता मिल्न सक्नेछ।  आर्थिक क्षेत्रमा पनि प्रगति हुन सक्ने र सन्तुस्टि मिल्न सक्ने छ।  खर्च बढ्न सक्ने पनि रहेकाले सचेत रहनुपर्नेछ।

_________Read More_______________

 ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु ?

 युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै

सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?