पुष १३ गते शुक्रबार, पौष कृष्णपक्ष द्वितीया तिथि
मेष
आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। मनमा धेरै विचार खेल्न सक्छन् । आफूलाई संममित बनाउनु आवश्यक छ । अधिकारका लागि लडाइँ गर्नुपर्ने देखिन्छ ।
वृष
शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। ठुलो संकट टर्ने देखिन्छ । समाजमा तपाईको प्रभाव बढ्नेछ ।
मिथुन
वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्।
कर्कट
दिन निकै राम्रो छ। दैनिकी सबल छ। दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।
सिंह
शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ।
कन्या
दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ।
तुला
अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला।
वृश्चिक
आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्नसक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।
धनु
व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सम्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ।
मकर
दिन सामान्य छ। बोलीले साथीभाइ टाढा हुनेछन्। सोचेर बोल्नुहोला। व्यापारमा फाइदा हुने। पारिवारिक सम्बन्ध सन्तोषजनक हुनेछ।
कुम्भ
आज नयाँ कामको थालनी नगरेको राम्रो। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।
मीन
भूमी कारोबारले ठूलो फाइदा दिनेछ। बन्धुहरुको सहयोग लिन नभुल्नुहोला। अरुको सेवामा समय बित्नेछ । आफ्नै चतुरताले काम बन्ने देखिन्छ ।
____
२०८० साल पुष महिनाको मासिक राशिफल
मेष
मेष राशि हुनेहरुको लागि पुष महिना सामान्य रहनेछ । सूर्यको गोचर फल अनुसार स्वास्थ्यमा केहि समस्याको सामना गर्नुपरे पनि आर्थिक क्षेत्रमा राम्रो प्रगति गर्न सक्ने अवसर छ । यात्रा त्यति फलदायक नहुन सक्छ । पहिले लगानी गरेकोबाट राम्रो लाभ भएपनि नया लगानी गर्ने समय छैन। अरुलाई धन सापटी दिँदा फिर्ता हुन गाह्रो पर्न सक्छ।
वृष
वृष राशि हुनेहरुको लागि पुष महिना सामान्य नै छ । सूर्यको गोचर अनुसार काममा वा व्यवसायमा केहि नयाँ समस्या पनि देखा पर्न सक्ने भएकाले काममा अलिक मेहनत गर्नुपर्ने छ। आर्थिक क्षेत्र सामान्य नै रहन सक्ने छ तर खर्च गर्दा सचेत हुन जरुरी छ। सहि व्यक्तिसंग मात्र सल्लाह लिएर काम गर्दा राम्रो होला।
मिथुन
मिथुन राशि हुनेहरुको लागि पुष महिना राम्रो रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । छोटो यात्रा हुन सक्नेछ। कामबाट वा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्न सक्ने समय छ। काममा पदोन्नति हुन सक्ने सम्भावना छ । अरुको कुरामा सोचविचार नगरी लाग्दा भने समस्या हुन सक्ने भएकाले गर्दा ध्यान दिनुपर्ने देखिन्छ।
कर्कट
कर्कट राशि हुनेहरुको लागि यो पुष राम्रो रहनेछ । आर्थिक क्षेत्रमा गरिएको मेहनतको राम्रो परिणाम मिल्नेछ। व्यवसायमा वृद्धि हुनेछ।आयआर्जनमा पनि राम्रो सुधार हुनेछ। शत्रुहरुले काममा समस्या गर्न सक्ने भएकाले ध्यान दिनुपर्ने छ।
सिंह
सिंह राशि हुनेहरुको लागि पुष महिना सामान्य छ । परिवारमा स्वास्थ्य सम्बन्धि समस्या आउनाले खर्च बढ्न सक्ने छ । सोचेको व्यक्तिबाट पनि सहायता नमिल्न सक्छ। काममा ढिलासुस्ती हुन सक्छ। महिनाको अन्त्यतिरबाट आम्दानीमा केहि सुधार आउने छ।
कन्या
कन्या राशि हुनेहरुको लागि पुष महिना सामान्य रहनेछ। काममा अवरोधको सामना गर्नुपर्ने हुन सक्ने भएकाले अलिक धेरै मेहनत गर्नुपर्ने छ। खर्चमा पनि केहि वृद्धि हुन सक्छ। महिनाको अन्त्यतिरबाट काम वा व्यवसायमा सुधार हुने र आम्दानीमा पनि सुधार हुन सक्छ।
तुला
तुला राशि हुनेहरुको लागि पुष महिना राम्रो रहनेछ । काममा वा व्यवसायबाट सोचेको जस्तो आम्दानी गर्न सकिएला। आर्थिक क्षेत्रमा रहेका बाधाहरु पनि हट्नेछन् । नजिकका साथीभाई वा आफन्तको सरसहयोग पनि प्राप्त गर्न सकिनेछ । नयाँ अबसरहरु पनि मिल्न सक्ने समय रहेको छ।
वृश्चिक
वृश्चिक राशि हुनेहरुको लागि पुष महिना राम्रै रहनेछ । आम्दानी का नया स्रोत खुल्ने छन् । नोकरीको क्षेत्रबाट सफलता मिल्ने छ । अरुलाई दिएको धन फिर्ता नहुन सक्ने रहेकाले लेनदेन गर्दा सचेत रहनुपर्ने छ। कामको कारणले गर्दा मानसिक तनाब पनि बढ्न सक्ने छ।
धनु
धनु राशि हुनेहरुको लागि पुष महिना मध्यम रहला । । आर्थिक क्षेत्र तेती सबल नहोला । सफलताको लागि कडा मेहनत गर्नुपर्ला। स्वास्थ्यमा समस्या र मानसिक तनाब हुन सक्ने रहेकाले स्वास्थ्यमा पनि ध्यान दिनुपर्ला। काममा ध्यान दिन नसक्दा समस्या आउन सक्ने भएकाले काममा लगनशील भएर लाग्नुपर्नेछ।
मकर
मकर राशिको लागि पुष महिना सामान्य छ । लगानी गर्दा पनि ध्यान दिनुपर्ने छ । स्वास्थ्य सम्बन्धि समस्याले गर्दा धन खर्च हुन सक्ने सम्भावना छ। महिनको अन्तिमतिर बाट काममा प्रगति र आर्थिक क्षेत्रमा सुधार हुन सक्ने योग छ।
कुम्भ
कुम्भ राशिको लागि पुष महिना राम्रो हुनेछ । सूर्यको गोचर अनुसार तपाईंको राशिबाट एघारौँ स्थानमा यो महिनाभरि रहने भएकाले गरेका कामहरुबाट सफलता मिल्न सक्नेछ भने काममा नया अवसरहरु पनि मिल्न सक्ने समय छ। व्यवसायमा वृद्धि हुनुका साथै उचित लाभ पनि मिल्न सक्ने समय छ ।
मीन
मीन लागि पुष महिना राम्रो छ । सूर्य यो महिनाभरि तपाईंको राशिबाट दशौँ राशिमा रहने भएकाले उचित मेहनतले गर्दा सोचेअनुसारको सफलता मिल्न सक्नेछ। आर्थिक क्षेत्रमा पनि प्रगति हुन सक्ने र सन्तुस्टि मिल्न सक्ने छ। खर्च बढ्न सक्ने पनि रहेकाले सचेत रहनुपर्नेछ।
_________Read More_______________



