मङ्सिर २३ गते शनिबार, मार्गशीर्ष कृष्णपक्ष द्वादशी तिथि
मेष
आज मेष राशिका व्यक्तिहरुले व्यवसायबाट आर्थिक उन्नति गर्ने र सोचेजस्तो लाभ लिन सक्छन्।
वृष
आज वृष राशिका व्यक्तिहरुले नँया वस्तु किन्न सक्ने वा धनको लगानी गर्न सक्ने समय रहेको छ । दीर्घकालीन लगानीबाट फाइदा मिल्न सक्छ।
मिथुन
आज मिथुन राशिका व्यक्तिहरुलाई आफन्त वा साथीभाईबाट सहयोग प्राप्त हुनाले महत्वपूर्ण काम सम्पन्न हुन सक्छ।
कर्कट
आज अनावश्यक विवादमा फस्नाले व्यवसायिक सम्बन्ध बिग्रिन सक्छ। काममा उचित ध्यान नदिनाले काम बिग्रिन सक्ने भएकाले विचार गर्नुपर्छ।
सिंह
आज सिंह राशिलाई लगानीबाट राम्रो फाइदा र धन संचय बढ्नेछ।
कन्या
आज तपाईंलाई आर्थिक लेनदेनबाट लाभ र धनको संचय वा बचत हुन सक्छ।
तुला
आज तपाईंलाई कामबाट मानसम्मान वा उचित पुरस्कार प्राप्त हुन सक्छ। रोकिएका कामहरु बन्नुका साथै आर्थिक क्षेत्र सबल रहन सक्छ।
वृश्चिक
आज वृश्चिक राशि भएका व्यक्तिहरुको लेनदेनको क्षेत्र कमजोर रहन सक्छ। खर्च बढ्ने र काममा उचित ध्यान नजान सक्छ।
धनु
आज धनु राशिका व्यक्तिहरुको आम्दानी बढ्न सक्ने र काममा आफन्तको सहयोग मिल्नेछ।
मकर
आज मकर राशि भएका व्यक्तिहरुको गरेका कामहरु सफल हुने र धनको लाभ मिल्न सक्छ।
कुम्भ
आज कुम्भ राशिका व्यक्तिहरु राम्रोसँग सोचविचार गरेर गरेका कामहरु सफल रहन सक्छन् भने आम्दानी बढ्ने र मानसम्मान पनि मिल्न सक्छ।
मीन
आज मीन राशिका व्यक्तिहरुले हतारमा निर्णय गर्नाले काम बिग्रिन सक्ने र आर्थिक हानी हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।
____
२०८० साल मङ्सिर महिनाको मासिक राशिफल
मेष
मेष राशि हुने हरुको लागि मङ्सिर राम्रो रहनेछ । आकस्मिक समस्या देखापरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। आवास, भूमि तथा सवारीसुख प्राप्त हुने समय छ। विलासी वस्तुहरू उपभोग गर्न पाइनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। यस महिनाले नयाँ काम प्रारम्भ गर्ने साइत जुराउनेछ। तर, लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। आम्दानी बाहिरिनाले अर्थ अभाव देखापर्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ, सजग रहनुहोला।
वृष
वृष राशि हुने हरुको लागि मङ्सिर महिना राम्रो छ । व्यावहारिक दायित्व बढे पनि महिना उत्साहवर्धक रहनेछ। सानो प्रयत्नले विशेष उपलब्धि दिलाउन सक्छ। विभिन्न अवसरले जोस–जाँगर बढ्नेछ। भौतिक साधन, सवारी आदि जोड्ने समय छ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्नेछ। स्वास्थ्यमा बाधा, काममा विलम्ब, अर्थहानि जस्ता समस्या पनि आउन सक्ने भएकाले ध्यान दिनुपर्छ।
मिथुन
मिथुन राशि हुने हरुको लागि मङ्सिर महिना सामान्य रहला । महत्वाकांक्षी योजनाले चुनौती निम्त्याउने हुँदा महिनाको पूर्वार्ध अलि संघर्षमय रहनेछ। शुभचिन्तकहरू टाढिनेछन्। बलजफ्ती गर्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि, आँटले काम लिँदा मनग्गे फाइदा हुनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। आवश्यक भौतिक साधनसमेत जुटाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने रोकिएका काम पनि बन्नेछन्।
कर्कट
कर्कट राशि हुने हरुको लागि यो मङ्सिर सामान्य रहन्छ । आर्थिक पक्षमा उन्नति भए पनि प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सहयोग जुट्नाले रोकिएका काम बन्नेछन्। मनको डर उत्साहमा रूपान्तरित हुनेछ भने देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। महिनाको उत्तरार्धमा सम्पत्तिमा विवाद आउने सम्भावना छ। खर्च बढ्न सक्ने समय छ।
सिंह
सिंह राशि हुने हरुको लागि मङ्सिर महिना राम्रो छ । भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ। पद–प्रतिष्ठा प्राप्त हुनेछ भने मेहनतले कीर्तिमानी दिलाउन सक्छ। इच्छाशक्ति र लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। कृषि र व्यापारमा राम्रो फाइदा उठाउन सफल भइनेछ।
कन्या
कन्या राशि हुने हरुको लागि मङ्सिर महिना राम्रो रहनेछ । महिना मध्यमफलदायी छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। प्रारम्भमा असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग विनाकारण विवाद हुन सक्छ। शैक्षिक उपलब्धिले सम्मानित स्थान दिलाउनेछ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुनेछ। सुनचाँदी आदि धातुबाट विशेष लाभ मिल्न सक्ने छ।
तुला
तुला राशि हुने हरुको लागि मङ्सिर महिना सामान्य रहला । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। मेहनतले सामाजिक प्रतिष्ठा दिलाउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सफल भइनेछ। कामको क्षेत्रमा सङ्घर्ष गर्नु पर्ला । बोलीको कारणले गर्दा बन्न लागेको काम पनि बिग्रिन सक्ने भएकाले बोल्दा ध्यान दिनु होला। लगानी गर्दा विचार गर्नुपर्छ।
वृश्चिक
वृश्चिक राशि हुने हरुको लागि मङ्सिर महिना मध्यम रहला । आर्थिक क्षेत्र तेती सबल नहोला । खर्च बढ्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्नेछ । कडा मेहनतले मात्र सफलता मिल्ने छ । महिना को अन्तिममा मेहनत गर्दा काममा सफलता मिल्ने छ। व्यवसाय उचित गतिमा अगाडि बढ्न सक्छ। नयाँ लगानी प्राप्त गर्ने वा आफुले लगानी गर्नको लागि समय सामान्य छ। वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ।
धनु
धनु राशि हुने हरुको लागि मङ्सिर महिना राम्रो रहनेछ। लगानी र मेहनतबाट राम्रै प्रतिफल पाइनेछ। क्षमता प्रदर्शन गरेरै उपलब्धि हात पार्न सफल भइनेछ। रोकिएका काम पुनः प्रारम्भ हुनेछन् भने व्यवसायले राम्रो आम्दानी दिलाउनेछ। आम्दानीका नयाँ स्रोत खुल्ने छन् । नोकरीको क्षेत्रबाट सफलता मिल्ने छ । अनावश्यक खर्चबाट जोगिनुपर्नेछ।
मकर
मकर राशिको लागि मङ्सिर महिना राम्रो छ । नोकरी तथा राजनीतिमा विशेष सफलता प्राप्त हुनेछ। अध्ययनमा पनि प्रगति हुने समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। नयाँ व्यवसाय प्रारम्भ हुन सक्छ। टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यवसायमा मनग्य लाभ हुनेछ।
कुम्भ
कुम्भ राशिको लागि मङ्सिर महिना राम्रो छ । नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा हुनेछ भने थप लगानी बढाउन सकिनेछ। खर्च भए पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ।
मीन
मीन राशिको लागि यो महिना सामान्य छ । कामको दायित्व बढे पनि उपलब्धि कममात्र पाइने समय छ। संघर्ष गर्दा सोचेको सफलता मिल्न सक्नेछ । आर्थिक क्षेत्र सामान्य रहनेछ भने आर्थिक लेनदेनमा विश्वासघात हुन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउन सक्छ। परिवारजनको सहयोगले विशेष कामहरू सम्पादन हुनेछन्।
_________Read More_______________








