वाणिज्य बैंकहरुले मङ्सिर एक गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। बैंकहरुले कात्तिकको तुलनामा मङ्सिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन् ।
व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाउँएका छन, ६ वटा बैंकले कार्तिक महिनाकै ब्याजदरलाई कायम गरेका छन् भने एउटा बैंकले मात्रै ब्याजदर बढाएर प्रकाशित गरेको छ ।
अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर घटाउन वा बढाउन पाउने नियमकारी व्यवस्था रहिआएको छ । कात्तिक महिनामा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ९.९६४ प्रतिशत र संस्थागत निक्षेपतर्फ ७.८५२६ प्रतिशत रहेको थियो । व्यक्तिगतभन्दा संस्थागत मुद्दतीमा २ प्रतिशत विन्दु कम ब्याज हुनुपर्ने प्रावधान र रेमिट्यान्स मुद्दतीमा व्यक्तिगत मुद्दतीमाभन्दा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्ने नियमकारी व्यवस्था रहिआएको छ ।
२० वटा वाणिज्य बैंकहरुको ब्याजदरको सूचनानुसार माछापुच्छ्रे बैंकले भने केही प्रतिशत ब्याजदर वृद्धि गरेको छ । मंसिरमा ब्याजदर एथावत राख्ने अर्थात कार्तिक कै ब्याजदरलाई निरन्तरता दिनेमा नेपाल बैंक, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंक रहेका छन् ।
सबैभन्दा धेरै ब्याजदर एनआईसी एशिया बैंकले २.०३५ प्रतिशतले घटाएको छ । मंसिरका लागि एभरेस्ट बैंक, प्रभु, सानिमा, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेका छन् ।
हेर्नुहोस् वाणिज्य बैंकहरुको मङ्सिर १ गतेबाट लागु हुने नयाँ ब्याजदर, कुन बैंकको व्यक्तिगत मुद्दती निक्षेपकाे अधिकतम ब्याजदर कति ?
बैंकको ब्याजदर सूचना |
ब्याजदर (मङ्सिर) |
ब्याजदर (कात्तिक) |
फरक |
---|---|---|---|
९.५१% |
९.७६% |
०.२५% |
|
९.२२% |
९.२२% |
०% |
|
९.९५% |
९.९५% |
०% |
|
८.९६% |
११% |
-२.०४% |
|
१०.०१% |
१०.०१% |
०% |
|
९.६% |
१०% |
-०.४०% |
|
९% |
९.२२% |
-०.२२% |
|
१०.२५% |
१०.२५% |
०% |
|
९.१% |
१०% |
-०.९% |
|
१०% |
१०% |
०% |
|
९% |
९.२२% |
-०.२२% |
|
९% |
९.२२% |
-०.२२% |
|
९.५१% |
१०.०१% |
-०.५% |
|
९% |
९.५०% |
-०.५०% |
|
९.७६% |
११% |
-१.२४% |
|
१०.६% |
११% |
-०.४% |
|
९.९९% |
९.९९% |
०% |
|
१०.६% |
१०.७% |
-०.१०% |
|
१०.६% |
९.९९% |
०.६१% |
|
८.९७% |
९.२२% |
-०.२५% |
___Read More News________