आज ​​​​​​​ मङ्सिर १९ गते मङ्गलबार, तपाईको आर्थिक राशिफल कस्तो रहेको छ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आज ​​​​​​​ मङ्सिर १९ गते मङ्गलबार, तपाईको आर्थिक राशिफल कस्तो रहेको छ?

मङ्सिर १९ गते मङ्गलबार, मार्गशीर्ष कृष्णपक्ष अष्टमी तिथि     


मेष
आज मेष राशि भएका व्यक्तिहरुलाई व्यवसायमा सामान्य लाभ र सामान्य आर्थिक प्रगति हुन सक्छ। 

वृष 
वृष राशि भएकाहरुको आज स्वास्थ्यमा समस्या र धनको हानी हुन सक्ने रहेकाले ध्यान दिनुपर्नेछ। 

मिथुन 
मिथुन राशिका व्यक्तिहरुले कामको माध्यमले आफ्नो प्रतिष्ठा बढाउन सक्नेछन् भने आम्दानी बढ्न सक्छ। 

कर्कट
कर्कट राशिका व्यक्तिहरुलाई आज मानसिक चिन्ता बढ्ने र धनको हानी हुन सक्ने भएकाले विचार पुर्याउनु पर्नेछ। 

सिंह
चन्द्रमाको शुभ प्रभावले आज सिंह राशि भएकाहरुलाई कामबाट खुसि र सन्तुस्टि मिल्न सक्नेछ। 

कन्या
आज कन्या राशि भएका व्यक्तिहरुको मानसिक चिन्ता बढ्ने र धनको हानी हुन सक्ने रहेकाले ध्यान दिनुपर्नेछ। 

तुला
आज तुला राशिको आम्दानी बढ्ने र व्यापारबाट पर्याप्त लाभ हुने समय रहेको छ। 

वृश्चिक
आज वृश्चिक राशिको काममा पदोन्नति र मानसम्मान पाइने समय रहेको छ। 

धनु
आज धनु राशिको काममा समस्या हुनाले मन अस्थिर रहन सक्छ। 

मकर
आज मकर राशि भएका व्यक्तिहरुको मनमा चंचलता बढ्ने र आर्थिक हानी हुने समय रहेकाले कारोबार गर्दा विचार पुर्याउनु पर्नेछ। 

कुम्भ
आज कुम्भ राशि भएका व्यक्तिहरुको लाभदायक छोटो यात्रा हुने र व्यवसायमा लाभ मिल्न सक्ने रहेको छ।  

मीन
आज मीन राशि भएका व्यक्तिहरुलाई धनको लाभ, मानसम्मान बढ्ने र शत्रु नाश हुने समय छ।

____

२०८० साल मङ्सिर महिनाको मासिक राशिफल

मेष                            
मेष राशि हुने हरुको लागि मङ्सिर राम्रो रहनेछ । आकस्मिक समस्या देखापरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। आवास, भूमि तथा सवारीसुख प्राप्त हुने समय छ। विलासी वस्तुहरू उपभोग गर्न पाइनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ।  यस महिनाले नयाँ काम प्रारम्भ गर्ने साइत जुराउनेछ। तर, लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। आम्दानी बाहिरिनाले अर्थ अभाव देखापर्नेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ, सजग रहनुहोला।

वृष 
वृष राशि हुने हरुको लागि  मङ्सिर महिना राम्रो छ । व्यावहारिक दायित्व बढे पनि महिना उत्साहवर्धक रहनेछ। सानो प्रयत्नले विशेष उपलब्धि दिलाउन सक्छ। विभिन्न अवसरले जोस–जाँगर बढ्नेछ। भौतिक साधन, सवारी आदि जोड्ने समय छ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ।  प्रयत्न गर्दा टाढाको यात्रा गर्ने साइत जुर्नेछ। स्वास्थ्यमा बाधा, काममा विलम्ब, अर्थहानि जस्ता समस्या पनि आउन सक्ने भएकाले ध्यान दिनुपर्छ।

मिथुन 
मिथुन राशि हुने हरुको लागि मङ्सिर महिना सामान्य रहला । महत्वाकांक्षी योजनाले चुनौती निम्त्याउने हुँदा महिनाको पूर्वार्ध अलि संघर्षमय रहनेछ। शुभचिन्तकहरू टाढिनेछन्। बलजफ्ती गर्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि, आँटले काम लिँदा मनग्गे फाइदा हुनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। आवश्यक भौतिक साधनसमेत जुटाउन सकिनेछ। अध्ययनमा प्रगति हुनेछ भने रोकिएका काम पनि बन्नेछन्। 

कर्कट 
कर्कट राशि हुने हरुको लागि यो मङ्सिर सामान्य रहन्छ । आर्थिक पक्षमा उन्नति भए पनि प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सहयोग जुट्नाले रोकिएका काम बन्नेछन्। मनको डर उत्साहमा रूपान्तरित हुनेछ भने देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। महिनाको उत्तरार्धमा सम्पत्तिमा विवाद आउने सम्भावना छ। खर्च बढ्न सक्ने समय छ।

सिंह
सिंह राशि हुने हरुको लागि मङ्सिर महिना राम्रो छ । भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ। पद–प्रतिष्ठा प्राप्त हुनेछ भने मेहनतले कीर्तिमानी दिलाउन सक्छ। इच्छाशक्ति र लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नेछ। कृषि र व्यापारमा राम्रो फाइदा उठाउन सफल भइनेछ।

कन्या 
कन्या राशि हुने हरुको लागि मङ्सिर महिना राम्रो रहनेछ ।  महिना मध्यमफलदायी छ।  प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। प्रारम्भमा असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग विनाकारण विवाद हुन सक्छ।  शैक्षिक उपलब्धिले सम्मानित स्थान दिलाउनेछ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुनेछ। सुनचाँदी आदि धातुबाट विशेष लाभ मिल्न सक्ने छ।

तुला 
तुला राशि हुने हरुको लागि मङ्सिर महिना सामान्य रहला । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। मेहनतले सामाजिक प्रतिष्ठा दिलाउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सफल भइनेछ। कामको क्षेत्रमा सङ्घर्ष गर्नु पर्ला । बोलीको कारणले गर्दा बन्न लागेको काम पनि बिग्रिन सक्ने भएकाले बोल्दा ध्यान दिनु होला। लगानी गर्दा विचार गर्नुपर्छ। 

वृश्चिक
वृश्चिक राशि हुने हरुको लागि मङ्सिर महिना मध्यम  रहला । आर्थिक क्षेत्र तेती सबल नहोला । खर्च बढ्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्नेछ । कडा मेहनतले मात्र सफलता मिल्ने छ । महिना को अन्तिममा मेहनत गर्दा काममा सफलता मिल्ने छ। व्यवसाय उचित गतिमा अगाडि बढ्न सक्छ। नयाँ लगानी प्राप्त गर्ने वा आफुले लगानी गर्नको लागि समय सामान्य छ। वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ।

धनु 
धनु राशि हुने हरुको लागि मङ्सिर महिना राम्रो रहनेछ। लगानी र मेहनतबाट राम्रै प्रतिफल पाइनेछ। क्षमता प्रदर्शन गरेरै उपलब्धि हात पार्न सफल भइनेछ। रोकिएका काम पुनः प्रारम्भ हुनेछन् भने व्यवसायले राम्रो आम्दानी दिलाउनेछ। आम्दानीका नयाँ स्रोत खुल्ने छन् । नोकरीको क्षेत्रबाट सफलता मिल्ने छ । अनावश्यक खर्चबाट जोगिनुपर्नेछ। 

मकर 
मकर राशिको लागि मङ्सिर महिना राम्रो छ । नोकरी तथा राजनीतिमा विशेष सफलता प्राप्त हुनेछ। अध्ययनमा पनि प्रगति हुने समय छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। नयाँ व्यवसाय प्रारम्भ हुन सक्छ। टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यवसायमा मनग्य लाभ हुनेछ।

कुम्भ 
कुम्भ राशिको लागि मङ्सिर महिना राम्रो छ । नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा हुनेछ भने थप लगानी बढाउन सकिनेछ। खर्च भए पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ।

मीन 
मीन राशिको लागि यो महिना सामान्य छ । कामको दायित्व बढे पनि उपलब्धि कममात्र पाइने समय छ। संघर्ष गर्दा सोचेको सफलता मिल्न सक्नेछ । आर्थिक क्षेत्र सामान्य रहनेछ भने आर्थिक लेनदेनमा विश्वासघात हुन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउन सक्छ। परिवारजनको सहयोगले विशेष कामहरू सम्पादन हुनेछन्।

_________Read More_______________

वाणिज्य बैंकहरुको मङ्सिर १ गतेबाट नयाँ ब्याजदर लागु, हेर्नुहोस् कुन बैंकको कुन खातामा कति पुग्यो?

बैंकहरुको खराब कर्जा १०३.५३ प्रतिशतले बढ्यो, हेर्नुहोस् कुन वाणिज्य बैंकको कति?

 ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु ?

 युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै

सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?

  • MBL - below news