नेप्से सूचक आइतबार ४२.६१ अंकले बढेर १२५५.७२ विन्दुमा आइपुगेको छ । १७९ कम्पनीको १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३८ लाख ३१ हजार ५४ कित्ता सेयर खरिदबिक्री भएको छ ।
खरिदबिक्री भएका १२ वटै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक ४०९.२७ अंकले बढेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ३८४ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूह पनि २७.३ अंकले बढेको छ । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्सले अग्रता कायम गरेको छ । यसको ५ करोड ८८ लाख रुपैयाँभन्दा बढीको खरिदबिक्री भएको छ । १०% ले सेयर भाउ बढ्दा २७ कम्पनीमा सर्किट ब्रेकर लागेको छ ।





