स्याङ्जाको वालिङमा प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थार पर्वतको कुश्मामा प्रधान कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार बुधबारबाट शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकबाट एकीकृत कारोबारको अन्तिम स्वीकृतिपश्चात् वालिङ–८, स्याङ्जास्थित कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयबाट एकीकृत कारोबारको सुरुवात भएको हो ।
राष्ट्रिय स्तरको कालिका लघुवित्त वित्तीय संस्थासँग जनसेवी लघुवित्त वित्तीय संस्था गाभिएपश्चात् कायम रहेको संस्थाको नयाँसञ्चालक समितिका अध्यक्ष विकास गौचनको अध्यक्षता राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द पौडेलको प्रमुख आतिथ्यता र पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठउप्रेतीको विशेष आतिथ्यतामा एकीकृत कारोबार शुभारम्भ समारोह सम्पन्न भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहराले बताए ।








