शेयरधनीहरुका लागि धितोपत्र बोर्डले प्रशिक्षण सञ्चालन गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
शेयरधनीहरुका लागि धितोपत्र बोर्डले प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वसाधारण शेयरधनीहरुका लागि धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी प्रशिक्षण सञ्चालक गर्ने भएको छ । 

बोर्डले विगतका वर्षदेखिनै सञ्चालनमा ल्याएको प्रशिक्षणलाई यस वर्षपनि निरन्तरता दिन लागेको हो । 

बोर्डले माघ महिनाको दोस्रो हप्तादेखि प्रत्येक महिनाको दोस्रो तथा अन्तिम शुक्रबार निशुल्क प्रशिक्षण कार्यक्रम गर्ने जानकारी दिएको छ ।

कार्यक्रममा सहभागी हुन चाहने लगानीकर्ताहरुले माघ ८ गतेभित्र नाम दर्ता गराईसक्नुपर्नेछ । नाम दर्ता गर्नका लागि फोन नम्बर ०१– ५५४१०५७ र इमेल ठेगाना: education.trainning @sebon.gov.np मा सम्पर्क गर्न सक्नेछन् ।

प्रशिक्षण कार्यक्रम माघ १० गते दिनको १ः३० बजे आयोजना हुने जनाएको छ ।

Read More