एनसीसी बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनसीसी बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (NCCB) ले लाभांश वितरण गर्ने प्रस्ताव सहित माघ १७ गते २२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ।


सभाले सञ्चालक समतिले निर्णय गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले माघ ७ गते एक दिन बुकक्लोज गर्नेछ। माघ ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्। बैंकको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेड रहेको छ।

हाल ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेकोमा १५ प्रतिशतका दरले एक अर्ब २२ करोड ७६ हजार १२३ रुपैयाँ बोनस शेयर वितरण पश्चात एनसीसी बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार पुग्नेछ।

Read More