चुक्ता पूँजी बढ्दा पनि वाणिज्य बैंकका शेयरधनी मालामाल, कसरी बढ्याे लगानीमा प्रतिफल ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चुक्ता पूँजी बढ्दा पनि वाणिज्य बैंकका शेयरधनी मालामाल, कसरी बढ्याे लगानीमा प्रतिफल ?

प्रत्येक अवाले । गत आर्थिक वर्ष वाणिज्य बैंकहरूको शेयर खरिद गर्ने लगानीकर्ता मालामाल भएका छन्। शेयर लगानीबाट प्राप्त प्रतिफलले उनिहरुलाई मालामाल बनाएको हो। चुक्ता पूँजी बढेपछि लाभांश दर घट्ने अनुमानमा गरिरहेका शेयरधनीलाई वाणिज्य बैंकहरूले १.४९ प्रतिशतले बढाएर प्रतिफल दिएका छन्।

जुन प्रतिफल दर घट्ने प्रक्षेपण गरिरहेका लगानीकर्ताको अनुमान विपरीत हो। गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको लगानी प्रतिफल औषत ६.०४ प्रतिशत देखिएको छ। गएको वर्षको नाफाबाट लाभांश घोषणा गरेका २६ वाणिज्य बैंकहरुको अध्यनमा यस्तो देखिएको हो। जबकि अघिल्लो वर्ष २६ वाणिज्य बैंकहरुको यस्तो औषत ४.५५ प्रतिशत रहेको थियो। बैंकहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेको अघिल्लो दिनको अन्तिम मूल्यका आधारमा प्रतिफलको गणना गरिएको हो।

बैंकहरूको चुक्ता पूँजी बढेकै कारणले उनीहरूको नाफा बढ्दा लाभांश दर बढेको नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष डा. आत्माराम घिमिरेले बताए। 'क्यापिटल बढेका कारण नाफा बढेको हो। किनकि जति बढी लगानी त्यति बढी नाफा' घिमिरेले भने। बैंकको चुक्ता पूँजी बढेपछि उनीहरूले एग्रेसिभ रूपमा लगानी बिस्तार गर्दा समेत उनीहरूको नाफा बढाउन थप टेवा पुर्‍याएको घिमिरेको भनाई छ। गत वर्ष बैंकको ब्याजदर र स्प्रेड रेटले समेत नाफा बढेको बताइएको छ। 'गत वर्षको बैंकको ब्याजदर बढी थियो जसले आम्दानी बढाउन मदत गर्‍यो भने गत वर्ष केही बैंकको स्प्रेड समेत टाइट थियो' घिमिरेले भने।

नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुमध्ये गत वर्षको मुनाफाबाट जम्मा २६ वाणिज्य बैंकहरुले लाभांश वितरण गर्ने घोषणा गरेका छन्। सो मध्ये केही बैंकहरुले साधारण सभाबाट लाभांश पारित गरीसकेका छन् भने केहीको हुन बाँकी छ। सूचीकृत वाणिज्य बैंकहरुमध्ये सेन्चुरी कमर्सियल बैंकले हालसम्म लाभांश घोषणा गरेका छैन भने नेपाल क्रेडिट एण्ड कमर्स बैंक र हिमालयन बैंकले साधारण सभा तथा बुकक्लोज मिति तय गरेका छैनन्।

सबैभन्दा बढी प्रतिफल एनएमबि बैंकका लगानीकर्ताहरू प्राप्त गरेका छन्। गत आर्थिक वर्षको मुनाफाबाट ३५ प्रतिशत लाभांश पारित गरेको यस बैंकको लगानीमा प्रतिफल सर्वाधिक ८.७१ प्रतिशत रहेको छ। बुकक्लोजको अघिल्लो दिन यस बैंकको शेयर ४०२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। सो आधारमा यस बैकको लगानीमा प्रतिफल ८.७१ प्रतिशत कायम भएको हो। ४०२ रुपैयाँभन्दा सस्तो मूल्यमा शेयर खरिद गर्ने लगानीकर्ताहरूको प्रतिफल सोभन्दा बढी हुन्छ।

 गत आर्थिक वर्षमा पनि सबैभन्दा बढी प्रतिफल एनएमबि बैंकको नै रहेको थियो। आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गरेको यस बैंकको प्रतिफल ७.७५ प्रतिशत रहेको थियो।

Read More