एनएमबि बैंक (NMB) को पुस २४ गते सम्पन्न २४ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने ३५ प्रतिशत लाभांश पारित गरेको छ।
सभामा २१ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १४ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेका हो।
सभामा शेयरधनीहरुले लाभांश वितरणमा ढिलो नगर्न सुझाएका छन्। सभामा उपस्थित अधिकाँश शेयरधनीहरुले अनुमोदन भएको नगद लाभांश आजैबाट शेयरधनीको खातामा पठाउन आग्रह गरेका छन भने बोनस शेयर समेत एक साता भित्रै सूचीकृत गराई शेयरधनीहरुलाई वितरण गर्न माग गरेका छन्।
कतिपय वाणिज्य बैंकहरुले नै साधारणसभा सम्पन्न भएको ३ महिनासम्म पनि शेयरधनीको खातामा लाभांश नपठाएको अवस्थामा शेयरधनीहरुले बैंकलाई यस्तो सुभलाव दिएका हुन्।








