नेपाल इन्स्योरेन्स (NICL) ले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको पुस २३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल काय चुक्ता पूँजीको ७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँको ५ प्रतिशतका दरले हुन आउने ५ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस र कर सहित २.८९ प्रतिशतले हुन आउने ३ करोड १७ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो।
उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएर आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्। प्रस्तावित बोनस वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ पुग्नेछ।
गत आर्थिक वर्ष २०७४/७५ मुनाफाबाट कम्पनीले ७.५ प्रतिशत बोनस वितरण गरेको थियो।








