बोर्डमा नयाँ अध्यक्ष नियुत्तीले शेयर बजारमा उत्साह, दुई दिनमा ३५ अंकको वृद्धि


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बोर्डमा नयाँ अध्यक्ष नियुत्तीले शेयर बजारमा उत्साह, दुई दिनमा ३५ अंकको वृद्धि

काठमाडौ । विगत दुई दिनदेखि पुँजी बजार मापक नेप्से उकालो लाग्दै आएको छ । दुई दिनमा करिव ३५ अंकले बृद्धि भएको छ । नेप्से बढेर १२०० अंकमा पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको बहिरगमन हुने हल्ला र धितोपत्र बोर्डका अध्यक्षमा भीष्मराज ढुंगाना आगमनले गर्दा शेयर बजार बढेको पनि बताइन्छ ।

शेयर बजार उकालो लाग्नुलाई लगानीकर्ताले शुभ संकेतको रुपमा लिएका छन् । बैंक तथा वित्तीय संस्थाले धमाधम लाभांश घोषणा गरिरहेकाले पनि शेयर बजार उकालो लाग्न पुगेको हो । केही लघुवित्त र बीमा कम्पनीले लाभांश घोषणा गर्ने तयारी गरिरहेकाले पनि शेयर बजार बढ्न पुगेको स्टक ब्रोकरहरु बताउँछन् ।

धेरैजसो कम्पनीले पुस मसान्त भित्र साधारणसभा गर्दै छन् । ती कम्पनीको लाभांश बुक गर्नका लागि लगानीकर्ताले शेयर खरिद गर्न थालेकाले पनि बजार बढन पुगेको विज्ञहरुको भनाइ छ । आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ । तर, धेरै कम्पनीले पुस मसान्त भित्र वािर्षक साधारणसभा गर्न सक्ने अवस्थामा छैनन् । २, ३ वटा बीमा कम्पनीले भन्दा अरुले वार्षिक साधारणसभा गर्न सकिरहेको छैनन् । उनीहरुले दिने लाभांशको खोजीमा लगानीकर्ता छन् । बिमा कम्पनीको लाभांश बुक गर्न पनि ती कम्पनीको शेयर लगानीकर्ताले खरिद गरिरहेका छन् । यसले पनि बजार बढन पुद्दत पुगेको लगानीकर्ताको भनाई छ।

Read More