लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, बोनस सेयर र नगद कति ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, बोनस सेयर र नगद कति ?

काठमाण्डौ । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको कुल २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम मौका रहेको छ ।

साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले भोलि पुस २३ गतेदेखि बुक क्लोज गर्दैछ । यसको मतलब साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुन आजसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।

बैंकले यही पुस २९ गते काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा आफ्नो १२ औँ वार्षिक साधारणसभा गर्दैछ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट बैंकले सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको २० प्रतिशत लभांश अनुमोदन हुनेछ । बैंकले सेयरधनीहरुलाई लाभांशका रुपमा चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँको ५ प्रतिशतले हुन आउने १२ करोड ९३ लाख ४८ हजार १७७.५५ रुपैयाँबराबरको बोनस सेयर र १५ प्रतिशतले हुन आउने ३८ करोड ८० लाख ४४ हजार ५३२.६५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

Read More
  • MBL - below news