विद्युतीय कार्ड कारोबारमा ७० करोड बाहिरियो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विद्युतीय कार्ड कारोबारमा ७० करोड बाहिरियो

नेपालमै यो प्रणाली सञ्चालन गर्ने कम्पनी स्थापना तयारी  

यसै वर्ष राष्ट्रिय भुक्तानी द्वार

काठमाडौँ — एटीएमलगायत विद्युतीय कार्डमार्फतको कारोबारमा वार्षिक करिब ७० करोड रुपैयाँ बराबर विदेशी मुद्रा मुलुकबाट बाहिरिने गरेको छ । यो एटीएमलगायत कार्डमार्फत एटीएम मेसिनबाट पैसा झिक्दा र पीओएस कारोबार गर्दा ‘भिसा’ ले लिने शुल्क हो ।

यस्तो कारोबारमा सिस्टम उपलब्ध र राफसाफ गरिदिएबापत ‘भिसा’ लाई निश्चित रकम शुल्कका रूपमा भुक्तानी गर्नुपर्छ । यस्तो शुल्क एउटा बैंकले जारी गरेको कार्ड अर्को बैंकको एटीएममा घुसार्दा बढी र आफ्नोमा निकै कम हुन्छ । त्यही शुल्कबापत गत वर्ष उक्त रकम बाहिरिएको बैंकहरूले जनाएका छन् ।

बैंकहरूका अनुसार २७ बैंकले वार्षिक कुल करिब ५० करोड रुपैयाँ भिसालाई भुक्तानी गर्छन् । विकास बैंक, फाइनान्स कम्पनी र पीओएस मेसिनको कारोबारमा भिसाले पाउने रकम पनि जोड्दा वार्षिक करिब ७० करोडभन्दा बढी रकम भिसाले लाने बताइएको छ । ‘यस्ता कारोबारमा बाहिरिने रकमको एकीकृत तथ्यांक छैन,’ एक बैंकरले भने, ‘वार्षिक ठूलो रकम बाहिरिएको सत्य हो । राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामार्फत सो रकम नेपालमै रोक्न सकिन्छ ।’ यसका लागि नेपालमै यो प्रणाली सञ्चालन गर्ने गरी कम्पनी स्थापनाको तयारी भएको छ ।

‘भिसा’ विद्युतीय कार्ड सञ्चालनमा कारोबार प्रणाली प्रदायक र राफसाफ गरिदिने अन्तर्राष्ट्रिय संस्था हो । यसले नेपाललगायत विभिन्न राष्ट्रमा यस्तो सेवा दिँदै आएको छ । नेपालमा डेबिट, क्रेडिट, प्रिपेडलगायत कार्ड भिसा सिस्टममार्फत सञ्चालित छन् । यस्तै युनियन पे, मास्टर कार्ड पनि भिसाजस्तै सिस्टम प्रदायक अन्तर्राष्ट्रिय संस्था हुन् । नेपालमा बहुसंख्यक विद्युतीय कार्ड भिसासँग आबद्ध छन् ।
हाल एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा प्रतिकारोबार २५ रुपैयाँ लाग्छ । यो रकम तीन भागमा बाँडिन्छ । कार्ड जारी गर्ने बैंक, एटीएमवाला बैंक र भिसा नेटवर्ट । कार्ड जारी गर्ने बैंक र एटीएमवाला बैंकले पाउने रकम नेपालमै रहन्छ । तर भिसा नेटवर्टले पाउने रकम विदेशी मुद्रा (डलर) का रूपमा बाहिरिन्छ । हाल भिसाले प्रतिकारोबार १० देखि १२ रुपैयाँ लैजाने गरेको बैंकरहरूको भनाइ छ । पीओएस मेसिनमा कारोबारको प्रतिशतअनुसार शुल्क लाग्छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले उल्लेख्य संख्यामा एटीएम वृद्धि गरेका छन् । गत कात्तिकसम्म ३ हजार ५ सय २० वटा एटीएम सञ्चालनमा छन् । जसमध्ये वाणिज्य बैंकले ३ हजार १ सय ५७, विकास बैंकले ३ सय १३ र फाइनान्स कम्पनीले ५० वटा एटीएम सञ्चालन गरेका छन् । नेपालमा लघुवित्त वित्तीय संस्थाले एटीएम जारी गर्न पाउँदैनन् ।
कात्तिकसम्म ६८ लाख १९ हजार एटीएम कार्ड जारी भएका छन् । तीमध्ये ६५ लाख ५३ हजार वाणिज्य बैंकको मात्र छ । विकास बैंकले २ लाख ३० हजार र फाइनान्स कम्पनीले ३५ हजार एटीएम जारी गरेको राष्ट्र बैंकको तथ्यांक छ । गत कात्तिकसम्म १ लाख ३७ हजार ६ सय क्रेडिट कार्ड र ६३ हजार २ सय डेबिट कार्ड जारी भएका छन् ।

यही आवमा नेसनल पेमेन्ट स्विचचालु आवमा नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट स्विच) स्थापना हुने भएको छ । 

......

Read More