२१ पुस, काठमाडौं । सरकारले विद्युतीय माध्यमबाट भुक्तानीका लागि जनतालाई प्रोत्साहन गर्ने नीति लिएको छ । यसैअनुसार चालु आर्थिक वर्षको बजेटमा कार्डबाट भुक्तानी गरे १० प्रतिशत कर उपभोक्तालाई फिर्ता हुने घोषणा गरिएको थियो । तर ७ महिना नाघिसक्दा पनि यो घोषणा कार्यान्वयनमा आउन सकेको छैन ।
अर्थमन्त्रालयका प्रशासन महाशाखा प्रमुख झक्कप्रसाद आचार्य विद्युतीय भुक्तानीमा छुट दिने व्यवस्था कार्यान्वयनका लागि आवश्यक तयारी भइरहेको बताउँछन् । यसका लागि कार्यविधिको बनाउने काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।





