विश्व शेयर बजार रातोमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
विश्व शेयर बजार रातोमा

पुस २१, टोकियो (जापान) । सोमवार विश्व शेयर बजार रातोमा आएको छ । 

शीर्ष सैन्य अधिकृतको हत्या भएपछि अमेरिकासँग इरानको तनाव  बढ्दा मध्य पूर्व तनावग्रस्त बनेको छ । यस्तोमा लगानीकर्ताहरुमा सेफ हेभन एसेटको आकर्षण बढेपनि बजार प्रभावित भएको हो । 

इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि आक्रमण गरे सोको कडा प्रतिउत्तर दिइने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावी दिएका थिए । 
इरानले आणविक गतिविधि बढाउने भएपछि अमेरिकाले उच्च सतर्कता अपनाइरहेको छ । 

विश्वका ४७ देशको शेयर देखाउने एमएससीआईको बृहत परिसचूक सोमवार शून्य दशमलव ४३ प्रतिशतले घटेको थियो । योसँगै परिसचूकमा नयाँ वर्षमा भएको सबै वृद्धि गुमेको छ ।

Read More