अमेरिका–ईरान तनावको असरः सुन र तेलको मूल्य बढ्यो, शेयर बजारमा उच्च गिरावट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अमेरिका–ईरान तनावको असरः सुन र तेलको मूल्य बढ्यो, शेयर बजारमा उच्च गिरावट

सविना बजगाई 

अमेरिका र ईरानका बीचको तनावको प्रभाव समग्र विश्व बजारमा परेको छ। सोमबार एशियाली शेयर बजारमा यसको उच्च प्रभाव परेको छ। यसैगरी दुई देशबीचको तनावको प्रभाव स्वरुप सुन र तेलको मूल्य बढेर नयाँ रेकर्ड कायम गर्ने क्रम जारी रहेको छ।

गत सोमबार मात्र १८ महिनाकै उच्च बिन्दुमा पुगेको एशियाली शेयर बजार पछिल्लो समय दुई देशका बीचको तनावका कारण घट्ने क्रममा रहेको छ।

ईरानको बग्दाद हवाई अड्डामा अमेरिकी सेनाद्वारा गरिएको मिसाइल आक्रमणमा ईरानका उच्च कमाण्डर मारिएसँगै दुई देशका बीचको तनावले उग्र रुप लिदैँ गएको छ। यो सँगै अमेरिका र ईरानले पछिल्लो समय एक अर्काको देशमा आक्रमण गर्ने र चेतावनी दिने क्रम जारी रहेको छ।

  • सुनको मूल्य सन् २०१३ पछिकै उच्च स्तरमा 

अन्तराष्ट्रिय बजारमा सोमबार सुनको मूल्य १.५ प्रतिशतले बढेर एक हजार ५७९.५५ डलर प्रतिअउन्स पुगेको छ। यो मूल्य अप्रिल २०१३ पछिकै सबैभन्दा उच्च विन्दुमा पुगेको हो। पछिल्लो समय अमेरिका र ईरानका बीच जारी तनावको अवस्थाले सुनको मूल्य दिनप्रतिदिन उच्चदरमा बढ्ने क्रम जारी रहेको छ।

यो सँगै नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको छ। पछिल्लो ३ दिनमा मात्रै सुनको मूल्य दुई हजार ५०० रुपैयाँले बढिसकेको छ भने दिनप्रतिदिन उच्च मूल्यमा कारोबार भई नयाँ रेकर्ड कायम गरिरहेको छ।

  • तेलको मूल्य अझै धेरै बढ्नसक्ने

सोमबार कच्चा तेलको मूल्य १.४६ डलरले बढेर ७०.०६ डलर प्रतिब्यारेल पुगेको छ।

नेपालको इरानसँग प्रत्यक्ष सम्बन्ध जोडिएको नभएपनि भारतले ईरानबाट कच्चा तेलको आयात गर्ने भएकाले नेपाली अर्थतन्त्रमा त्यसको असर पर्ने देखिएको छ। भारतले इरानबाट कच्चा तेल आयात गर्ने र नेपाल तेलका लागि भारतसँग निर्भर भएकाले नेपालमा पनि त्यसको प्रत्यक्ष असर देखिने भएको हो।

अमेरिकी आक्रमणसँगै शुक्रबारबाट विश्व बजारमा कच्चा तेलको मूल्य उच्च दरमा बढ्न थालेको हो। शुक्रबार मात्रै कच्चा तेलको मूल्य साढे ४ प्रतिशतले बढेको थियो।

 

Read More