धितोपत्र बजारमा पनि पछिल्लो समय ‘पम्प एण्ड डम्प’ को चर्चा चलेको छ। यो धितोपत्र बजारमा लगानीकर्ताहरुले गर्ने एक प्रकारको गैर कानूनी कार्य हो। कुनै कम्पनीको शेयरमूल्य आधारहिन जानकारी प्रवाह गरी उच्च दरले बढाइ सस्तोमा खरिद गरेको शेयर उच्च मूल्यमा बेच्नु ‘पम्प एण्ड डम्प’ हो।
पछिल्लो समय दोस्रो बजारमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य लगातार बढ्दो क्रममा छ। चालु आर्थिक वर्षको शुरुवातमा ५०० रुपैयाँको हाराहारीमा रहेको कम्पनीको शेयरमूल्य आईतबार दुई हजार पाँच रुपैयाँमा उक्लिएको छ। चालु आर्थिक बर्षको दोस्रो त्रैमास नजिक आइपुग्दा प्रति कित्ता शेयर मूल्य एक हजार ५०० रुपैयाँभन्दा बढी बढीसकेको छ। लगातार शेयर मूल्य बढेपछि दोस्रो बजारका लगानीकर्ताले उसको कारोबारमा शंका गर्न थालेका छन्। उनिहरुले यसको कारोबारलाइ ‘पम्प एण्ड डम्प’को शैली अवलम्बन गरिएको भनेका छन्। 'लगातार शेयरको मूल्य बढ्दो दैनिक बढ्दो क्रममा देखिन्छ। जसरी शेयरको मूल्य पम्प गरिदैछ यो डम्प हुने सम्भाबना देख्छु' बजारमा भेटिएका एक लगानीकर्ताले भने।





