काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार चार वित्तीय संस्थाका ३८ लाखभन्दा बढी कित्ता सेयर सूचीकृत भएका छन् ।
नेप्सेमा एउटा विकास बैंक र तीनवटा लघुवित्तका ३८ लाख ४६ हजार ६८९.७१ कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृत सेयरमा मुक्तिनाथ विकास बैंक लिमिटेडको ४ लाख ३ हजार २२०.२५ कित्ता हकप्रद रहेको छ।
यसैगरी तीन लघुवित्तका बोनस सेयर सूचीकृत भएका हुन् । जसमा छिमेक लघुवित्तको १८ लाख कित्ता, फर्स्ट माइक्रोफाइनान्सको ११ लाख ६३ हजार ४६९.४६ कित्ता र नाडेप लघुवित्तको ४ लाख ८० हजार कित्ता रहेका छन् ।





