लुम्बिनी विकास बैंककाे सूचनाले लगानीकर्ता झुक्किए, आइतवार शेयर किन्नेकाे लाभांश के हुन्छ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंककाे सूचनाले लगानीकर्ता झुक्किए, आइतवार शेयर किन्नेकाे लाभांश के हुन्छ ?

लुम्बिनी विकास बैंकले दिएको सूचनामा भएको कैफियतले दोस्रो बजारका लगानीकर्ता झुक्किएका छन्। उसले साधारण सभाका लागि दिएको सूचनामा लगानीकर्ता झुक्किएका हुन्।

बैंकले साधारण सभाको सूचनामा बुक क्लोज मिति पुस २३ मा रहेको सार्बजनिक गरेको थियो। तर सोही सूचनाको दोस्रो बुँदामा भने नेपाल स्टक एक्सचेन्जमा पुस १७ सम्म कारोबार भई २२ गते सम्म कारोबार राफसाफ भएका शेयरधनीले मात्रै साधारण सभामा भाग लिन पाउने भनेको थियो। 

यही सूचनाका आधारमा दोस्रो बजारका लगानीकर्ताले १८ गते नै बुक क्लोज भन्दै शेयर खरिद /बिक्री गरे। तर, आइतबार सम्म नेप्सेले मूल्य समायोजन नगरेपछि भने लगानीकर्ता अलमलमा परेका हुन्।

तर, विकास बैकले भने पुस २२ गते नै बुक क्लोज गर्ने जनाएको छ।  सूचनमा प्रस्ट्याउन नसकेको स्वीकार गर्दै बैंकले २२ गतेसम्म शेयर खरिद गर्नेहरू साधारण सभामा उपस्थित हुन सक्ने बताएको छ। 'पुस २२ सम्म शेयर खरिद गर्नेले साधारण सभामा भाग लिन पाउने छन्' कम्पनी सचिव हरि सुबेदीले भने। बैंकले यस बिषयमा दोस्रो सूचना सार्वजनिक गर्ने निर्णय गरेको सुबेदीको भनाई छ।

Read More
  • MBL - below news