पुस २०, काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने पुस २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र प्रस्तावित लाभांश प्रयोजनका लागि मंगलवार बुक क्लोज गर्न लागेकाले सोमवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।
गुहेश्वरी मर्चेण्टले यस वर्ष ६ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको हो । बुक क्लोजको आधारमा पुस २१ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । हाल रू. ८० करोड चुक्तापूँजी रहेको यो कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ८ दशमलव १८ छ ।





