सिडिएससीको नाफा बढेसँगै नेप्से मालामाल, नेप्सेको पोल्टामा पर्ने भयो ठ्याक्कै साढे सात करोड


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिडिएससीको नाफा बढेसँगै नेप्से मालामाल, नेप्सेको पोल्टामा पर्ने भयो ठ्याक्कै साढे सात करोड
 

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले गत आर्थिक वर्षमा १५ प्रतिशतले नाफा बढाएको छ । गत वर्ष उसले २१ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ। जब कि अघिल्लो वर्ष सोही अवधिमा उसको नाफा १८ करोड ४५ लाख रुपैयाँ रहेको थियो।

यो गत वर्षको तुलनामा १५.३१ प्रतिशतले बढी हो। कम्पनीले गर्ने नाफामा सबैभन्दा बढी व्याज आम्दानी र उसले प्रवाह गर्ने सेवा बापत आएकाे हाे।

उसले गत वर्ष व्याज आम्दानीबाट चार करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ। जब कि अघिल्लो वर्ष सोही अवधिमा उसले तीन करोड १७ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा उसको व्याज आम्दानी ९३ लाख रुपैयाँले बढेको छ। सिडिएससीले विभिन्न बैकहरूमा राखेको मुद्धति निक्षेपबाट उक्त व्याज आम्दानी गरेको हो।

व्याज आम्दानी सँगै शेयर निष्कासन कर्ता वार्षिक शुल्क,हितग्राही खाता संचालक वार्षिक शुल्क, मेरो शेयर लगाएतको आम्दानीले उसको नाफा बढाउन थप सहयोग गरेको छ। गत वर्ष निष्कासन कर्ता वार्षिक शुल्क बापत उसले तीन करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्ष उसको यस्तो आम्दानी तीन करोड ६ लाख रुपैयाँ रहेको थियो ।

Read More