चितवन - एनएमबी बैंकले विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर नगरपालिका वडा नं. ३ मा रहेको श्री आधारभूत विद्यालय (१–८) बेल्सिीका विद्यार्थीलाई झोला र स्वेटर वितरण गरिएको हो ।
बैंकको नारायणगढ शाखाले बिहीबार विद्यालय प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा बैंकका प्रदेश नं. ३ का म्यानेजर दुर्गाराम पुरी, नारायणगढ शाखा प्रमुख विष्णु पौडेल, प्रमुख अतिथि रत्ननगर नगर शिक्षा अधिकारी बद्रीनारायण शर्मालगायतले विद्यार्थीलाई झोला र स्वेटर वितरण गरेका थिए। सो अवसरमा विद्यालयमा रहेका १४२ विद्यार्थीलाई एक÷एक थान झोला र स्वेटर वितरण गरिएको थियो ।








