राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगरमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंकको कर्णाली प्रादेशिक कार्यालय विरेन्द्रनगरमा

पुस १८, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतको बिरेन्द्रनगरमा स्थापना भएको छ  । प्रादेशिक कार्यालयको शुक्रवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताम्रपत्र अनावरण गर्दै उद्घाटन गरेका हुन् । 
 

उक्त अवसरमा उनले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरी’को प्रदेश सरकारको कार्यक्रम राष्ट्रिय वाणिज्य वैंको  मान्मा  शाखाबाट शुरु गरिएको  बताउँदै कर्णाली प्रदेश भरि कार्यक्रम शुरु गर्न लागिएको जानकारी दिए ।

त्यस्तै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले बैंकहरुले सरकारी नीति नियमलाई प्राथमिकताका साथ लागू गर्नुपर्ने बताए ।कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले तीनै तहका सरकारलाई बैकले प्राथमिकताका साथ वित्तीय सेवा दिइरहेको बताए ।

Read More
  • MBL - below news