नेप्सेमा सूचीकृत तीन कम्पनीहरुले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको छ। श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, निर्धन उत्थान लघुवित्त र चौतारी लघुवित्तले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको हो।
चौतारी लघुवित्त (CHLBS) ले मंसिर २१ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाएको हो। लघुवित्तको गत पुस ९ गते सम्पन्न लघुवित्तको साधारण सभाले १०.८९ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
त्यसैगरी, निर्धन उत्थान (NUBL) ले गत मंसिर २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा १५.५३ प्रतिशत नगद लाभांश पठाएको हो। पुस १३ गते सम्पन्न लघुवित्तको २१ औँ वार्षिक साधारण सभाले २५ प्रतिशत बोनस र १५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
यी दुबै लघुवित्तहरुको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।





