सोसल मिडिया कम्पनी फेसबुकमाथि ब्राजिलले १६ करोड अमेरिकी डलर बराबरको रकम जरिवाना गरेको छ ।
ब्राजिलको न्याय तथा सार्वजनिक सुरक्षा मन्त्रालयले ४ लाख ४३ हजार ब्राजिलियन फेसबुक प्रयोगकर्ताका डाटा अनधिकृत रुपमा शेयर गरेको अभियोगमा फेसबुकमाथि ६६ लाख ब्राजिलियन मुद्रा जरिवाना तिराउने निर्णय गरेको हो । क्याम्ब्रिज एनालिटिका काण्डमा फेसबुकले झण्डै साढे ४ लाख ब्राजिलियन फेसबुक प्रयोगकर्ताका डाटा अनधिकृत रुपमा दुरुपयोग गरिएको ठहर गरिएको छ ।





