लघुवित्त क्षेत्रकै सबैभन्दा ठूलो आईपीओ जारी गर्दै एनआईसी एशिया लघुवित्त


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
लघुवित्त क्षेत्रकै सबैभन्दा ठूलो आईपीओ जारी गर्दै एनआईसी एशिया लघुवित्त

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लघुवित्त क्षेत्रको हालसम्मकै ठूलो रकम बराबरको प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। 

एनआईसी एशिया लघुवित्त नै यस क्षेत्रमा सबैभन्दा ठूलो आईपीओ जारी गर्ने संस्था बनेको छ। हालसम्म कुनैपनि लघुवित्त कम्पनीहरुले यस रकम बराबरको आईपीओ निष्कासन गरेको छैन। 

साधारण शेयर निष्कासनका लागि लघुवित्तले रेटिङ्ग गराइसकेको छ। केयर रेटिङ्गस नेपालले लघुवित्तले निष्कासन गर्न लागेको आईपीओलाई औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ्ग दिएको छ। लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४७ लाख ५५ हजार कित्ता साधारण शेयर निष्कासन गर्नेछ।

बलियो संस्थागत संस्थापक, दक्ष सञ्चालक समिति तथा व्यवस्थापन समूह र स्थापनाको छोटो अवधिमा व्यवसाय विस्तारले लघुवित्तको रेटिङ्गमा सकारात्मक प्रभाव पारेको केयरले उल्लेख गरेको छ। ५ प्रदेशका १८ जिल्लामा ६१ शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको यस लघुवित्तले कूल कर्जाको ५४.७० प्रतिशत सेवा क्षेत्र, ४०.३८ प्रतिशत कृषि क्षेत्र र ३.८२ प्रतिशत साना तथा लघु उद्योगमा लगानी गरेको छ। यसले पनि लघुवित्तको रेटिङ्गमा सकारात्मक टेवा पुगेको छ।

Read More