राष्ट्रिय वाणिज्य बैंकद्वारा बृद्ध नागरिक सेवा समाजलाई सहयोग


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
राष्ट्रिय वाणिज्य बैंकद्वारा बृद्ध नागरिक सेवा समाजलाई सहयोग

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बृद्ध नागरिक सेवा समाज, चाबहिललाई समाजमा रहेका बृद्धबृद्धाहरुलाई भजनकिर्तन गर्न वाद्यवादन सम्बन्धि सामाग्री लगायत कार्यालय उपकरणहरु खरिदको लागि २ लाख १६ हजार रुपैंया बराबरको चेक रकम हस्तान्तरण गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समाजका अध्यक्ष तारा प्रधानलाई मंगलबार एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरे । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुको एकाङ्की जीवनबाट टाढा रहन भजनकिर्तनले सहयोग पुग्ने बताए ।  

Read More
  • MBL - below news