कुमारी बैंक लिमिटेडले अन्नपूर्ण – ११, छोम्रोंग, कास्कीबाट शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको छ । तमु ल्होसारको अवसरमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गबाट सम्पन्न भएको हो । उद्घघाटन समारोहमा शाखा रहित बैंकिङ्ग सेवाका अभिकर्ता – मिकाश गुरुङ्ग, गण्डकी प्रदेशका सांसद– राजिव पहारी, अन्य अधिकारीहरु तथा स्थानीय वासिन्दा एवं व्यवसायिक प्रतिनिधिहरूको उवस्थिती रहेको थियो ।
कास्की जिल्लामा ३ शाखाहरु – पोखरा, लेकसाइड तथा बिरौटा शाखा मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको यस बैंकले ग्राहकको माग तथा आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी उल्लेखित स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सुरु गरेको बिरौटा शाखाका शाखा प्रबन्धक महेश ढुंगानाले बताउनु भएको छ । बैंकले यो भन्दा अगाडि नै अन्नपूर्ण बेसक्याम्प भ्रमण गर्ने पर्यटकको सुविधालाई मध्यनजर गर्दै सो क्षेत्रका विभिन्न होटेलमा १५ थान एइक् POS Machine पनि जडान गरिसकेको छ ।





