सेयर स्वामित्व र संचालकको बिषयलाई लिएर समस्यामा परेको हिमालयन बैंकमाथि फेरी अर्को समस्या आइपरेको छ। संस्थापक र सर्वसाधारणको सेयर संरचना तथा निर्वाचन प्रकृयाबाट नै संचालक नियुक्ति गर्नुपर्ने निर्देशन पाएको हिमालयन बैंकले फेरी अर्को निर्देशनको पालना गर्नुपर्ने भएको हो।
निर्देशनअनुसार हिमालयन बैंकले केहि लघुवित्तको संस्थापक सेयर बिक्रि गर्नुपर्ने भएको छ। एक भन्दा बढी लघुवित्तमा १० प्रतिशत भन्दा बढी संस्थापक सेयर 'होल्ड' गर्न नपाइने व्यवस्था नमानेकाले उसलाई लघुवित्तलाई जोडेर अर्को निर्देशन दिइएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) मा लघुवित्त वित्तीय संस्थामा कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले चुक्ता पूँजीमा लगानी गर्न सक्ने हद सम्बन्धी व्यवस्था राष्ट्र बैंकले निर्धारण गर्न सक्ने ब्यवस्था रहेको छ ।
सोहि ब्यवस्थाको आधारमा रहेर हिमालयन बैंकलाई कुनै एउटा वित्तीय संस्थामा अधिकतम २५ प्रतिशत र अन्य संस्थामा १० प्रतिशतथ भन्दा माथि संस्थापक शेयर नराख्न निर्देशन दिएको राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री बताउँछन् ।




