अंग्रेजी नयाँ वर्ष २०२० ह्याकिङ र साइबर हमलाको सम्भावना झनै बढ्न सक्ने देखिएको छ ।
आईटी सेक्युरिटी फर्म सेक्राइटको रिपोर्टअनुसार नयाँ वर्ष २०२० मा ८ तरिकाका साइबर हमला हुन सक्ने खतरा औंल्याइएको हो । कम्पनीले डिपफेक, एडवान्स्ड पर्सिस्टेन्ट थ्रेट, रैनसमवेयर र वेब स्किमिङजस्ता भाइरस तथा प्रोग्रामको मद्दतले साइबर हमला हुन सक्ने जनाएको छ ।
सन् २०२० मा ह्याकर्स र साइबर अट्याकलाई मूर्त रुप दिनेहरु आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेर सरकारी निकाय तथा आम मानिसलाई समस्यामा पार्न सक्ने बताइएको छ ।
सम्भावित साइबर अट्याक्समा प्रयोग हुने प्रोग्रामहरु यस्ता छन् –
वर्म : यो एक तरिकाको म्यालिसियस प्रोग्राम हो । जुन कुनै नेटवर्कमा आफैँ प्रवेश गर्न सक्छ । यो प्रोग्रामलाई कुनै नेटवर्कमा प्रवेश पाउन मानिसको सहयोग चाहिँदैन । वर्म भाइरसजस्तै सिस्टमलाई नोक्सानी पुर्याउँछ । यसले सेक्युरिटी सिस्टमलाई बिगारेर संवेदनशील जानकारी चार्ने क्षमता राख्छ । यसले मोबाइल र कम्प्युटरमा रहेका फाइलहरु करप्ट गर्न सक्छ । यसले सिस्टमको रिमोट एक्सेसका लागि ब्याक डोर तयार गरिदिन्छ, जसको मद्दतले अन्य भाइरस पनि सजिलै प्रवेश पाउन सक्छन् ।





