सेयर लगानीकर्ताको 'युनिक आइडी' भन्दा के फरक छ गाेएएमएल ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सेयर लगानीकर्ताको 'युनिक आइडी' भन्दा के फरक छ गाेएएमएल ?

सम्पति सुद्धिकरणको बिषय सेलाउन नपाउँदै बजारमा गाेएएमएल को चर्चा सुरु भएको छ। केहिले गाेएएमएल लाई सकारात्मक रुपमा अर्थ्याएका छन भने कहिले बैंकिङ प्रणाली मार्फत कारोबार गर्दा थप कठिनाई हुने बताएका छन। आखिर के हो त गाेएएमएल  ?

गाेएएमएल, विद्युतिय माध्यमबाट सिमा तथा शंकास्पद कारोबारको सुचना दिने प्रणाली हो। नेपाल राष्ट्र बैंकले आगामी माघ १ देखि बाणिज्य बैंकहरुलाई गाेएएमएल लागू गर्नलाई निर्देशन दिएको छ। त्यस्तै विकास बैंकले भने माघ १ गतेबाट परिक्षणको रुपमा र आगामी साउन १ बाट अनिवार्य लागू गर्नुपर्ने छ।

बाणिज्य बैंकहरुलाई गाेएएमएल परिक्षणको रुपमा लागू गर्न छुट भएपनि केहिले पूर्णरुपमा नै कार्यन्वयन गरेका छन भने अधिकाँश बाणिज्य बैंकले हार्ड कपी मार्फत रिपाटिङ गरिरहेका छन।

के हो गाेएएमएल ?

बैंक तथा वित्तीय सँस्थाले वित्तीय जानकारी इकाईमा सीमा तथा शंस्कास्पद कारोबार तथा क्रियाकलापको प्रतिवेदनलाई कोर बैंकिङ प्रणालीमा अद्ययावधिक गर्न गरिएको व्यवस्था हो, गाेएएमएल। यसलाई सामान्य शब्दमा भन्नुपर्दा कुनै पनि व्यक्ति वा सँस्थाले बिभिन्न बैंक वित्तीय संस्थामा गरेको कारोबारको एकीकृत जानकारी वित्तीय जानकारी इकाईमा पुग्ने प्रणाली हो। 

Read More