बिमा कम्पनीको ७ अर्बको आइपीओ, कहाँ पुग्यो प्रक्रिया ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बिमा कम्पनीको ७ अर्बको आइपीओ, कहाँ पुग्यो प्रक्रिया ?

काठमाडौं : नयाँ १३ बिमा कम्पनीले सञ्चालन अनुमति पाएसँगै पुँजी बजारमा यी कम्पनीहरुको आइपीओले चर्चा पाएको छ । दोस्रो बजारमा बिमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढेको अति तुलनात्मक रुपमा भाउ समेत बढी रहेकाले पनि सर्वसाधारणले समेत नयाँ आउन लागेको आइपीओलाई निकै महत्वका साथ हेरेका छन् । अधिकांश नयाँ बिमा कम्पनीहरुले सञ्चालन अनुमति पाएको करिब साढे दुई वर्ष समय बितेको छ । अर्थ मन्त्रालयले २०७४ जठे २४ गते १० बिमा कम्पनीहरुलाई सञ्चालन अनुमति दिएको थियो ।

त्यस लगतै केही कम्पनीहरु सञ्चालनमा आए भने कतिपयले केही बिताएर मात्र सञ्चालन सुरु गरे । सञ्चालनमा आएका अधिकांश बिमा कम्पनीहरुले वार्षिक साधारण सभाबाट आइपीओ निष्कासन प्रस्ताव पारित गरिसकेका छन् । केहीले आइपीओ निष्कासनको लागि बिक्री प्रवन्धक समेत नियुक्त गरिसकेको अवस्था छ । एकाध कम्पनीको त आइपीओ खुला गर्न बिक्री प्रबन्धक छानेको पनि वर्ष दिन हुन लागिसकेको छ ।

Read More