काठमाण्डौ । आकर्षक बोनस सेयर प्रस्ताव गरेका चारवटा लघुवित्तको सेयरमूल्य मंगलबार समायोजन गरिएको छ ।
नेपाल स्टक एक्सचेन्जले किसान माइक्रोफाइनान्स, फरवार्ड कम्युनिटी, मिथिला र लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्य अनुसार प्रतिकित्ता किसान माइक्रोफाइनान्सको ६६९.६२ रुपैयाँ, फरवार्ड कम्युनिटीको १०५२.०८ रुपैयाँ, ४६६.०९ रुपैयाँ र उन्नतिको ६३३.४८ रुपैयाँ कायम गरिएको छ । अब समायोजित मूल्य अनुसार नै यी संस्थाका सेयरहरु कारोबारमा आउने छन् ।
गत वर्षको मुनाफाबाट किसान माइक्रोफाइनान्सले २३.९५, फरवार्डले ३२.५०, मिथिलाले १५ प्रतिशत र ३८.६० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका छन् ।
किसान माइक्रोफाइनान्सले यी पुस १६ गते कैलालीको लम्कीचुहास्थित होटल शान्तिमा आफ्नो सातौँ वार्षिक साधारणसभा आयोजना गर्दैछ ।





