कुमारी बैंकको ऋणपत्र सोमवारदेखि निष्कासनमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकको ऋणपत्र सोमवारदेखि निष्कासनमा

पुस १४, काठमाडौं । कुमारी बैंकले (पुस १४ गते) सोमवारदेखि ऋणपत्र विक्री खुला गरेको छ ।

बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजरमा १० वर्षे अवधिको कुल ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । जसमध्ये सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणका लागि १२ लाख कित्ता जारी गरेको छ भने बाँकी १८ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थालाई विक्री गर्नेछ ।

छिटोमा पुस १७ र ढिलोमा माघ १४ गतेसम्म विक्रीमा रहने यो ऋणपत्र  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । आवेदकहरुले विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

Read More