मल्टिपर्पसको २० लाख कित्ता सेयर लिलामी खुल्यो


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मल्टिपर्पसको २० लाख कित्ता सेयर लिलामी खुल्यो

 काठमाडौं : मल्टिपर्पस फाइनान्स कम्पनीले सोमबार (पुस १४ गते) बाट २० लाख ३७८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा सस्ंथापक समूहको १८ लाख ५० हजार ७२१ कित्ता र सर्वसाधारण समूहको १ लाख ४९ हजार ६५७ कित्ता सेयर रहेको छ । संस्थापक समूहको सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा पुस २८ गतेसम्म मात्र लिलामी भर्ने म्याद हुनेछ ।
 
मल्टिपर्पसले यसअघि असोज ३० गतेबाट कात्तिक ७ गतेसम्म १८ लाख ६० हजार ७२१ कित्ता संस्थापक र ६ लाख २६ हजार ५५७ कित्ता सर्वसाधारण समूहको सेयर बिक्री खुला गरेको थियो । त्यतिबेला सबै बिक्री नभएपछि बाँकी रहेको सेयर पुनः लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ ।

Read More