‘आरबिबी इम्पावरमेन्ट एकेडेमी’ प्रदेश १ मा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘आरबिबी इम्पावरमेन्ट  एकेडेमी’ प्रदेश १ मा

युवा वर्गलाई रोजगारीको अवसर दिने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकले सञ्चालन गरेको आरबिबी इम्पावरमेन्ट एकेडेमीको दोस्रो चरण सुरु भएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय क्षेत्रमा आउन चाहने युवालाई निःशुल्क बैंकिङ तालिम दिने उद्देश्यले सञ्चालन गरेको फाइनान्सियल ट्रेनिङ सेन्टरको दोस्रो चरण प्रदेश १ मा सञ्चालन गरेको जनाएको छ ।

एकेडेमीबाट युवा वर्गलगायतले लाभ लिन सक्ने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्सालले जानकारी दिए । विराटनगरमा हुने तीनदिने तालिमका लागि १२ पुसदेखि नै आवेदन खुला गरिसकेको बैंकले जनाएको छ । तालिममा बिहेबिरलर प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा सञ्चालन हुने बैंकले जनाएको छ ।

Read More
  • MBL - below news