जीवन बीमा कम्पनीहरुको कति आउला लाभांश ? यस्तो छ पाँच वर्षको लाभांश इतिहास


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
जीवन बीमा कम्पनीहरुको कति आउला लाभांश ? यस्तो छ पाँच वर्षको लाभांश इतिहास

अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश घोषणा गरिसक्दा कुनै पनि जीवन बीमा कम्पनीहरुले भने लाभांश प्रस्ताव गर्न सकेका छैनन्। बीमा समितिको निर्देशन अनुसार नेपाल वित्तीय प्रतिवेदमान (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण समयमै तयार पार्न नसक्दा बीमा कम्पनीहरुको लाभांश प्रस्तावमा ढिलाई भैरहेको हो।

परम्परागत विधिबाट वित्तीय विवरण तयार पार्दै आइरहेका कम्पनीहरुलाई बीमा समितिले आर्थिक वर्ष २०७४/७५ देखि अनिवार्य रुपमा एनएफआरएस प्रणाली लागू गर्दै सोही अनुरुप वित्तीय विवरण तयार पार्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो।

पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुको लाभांश आउन थाले पनि जीवन बीमा कम्पनीहरुको भने थप समय लाग्ने देखिन्छ। जीवन बीमा कम्पनीहरुले एक्चुरीअल मुल्यांकन गरी बीमा समितिबाट एनएफआरएस प्रणालीको वित्तीय विवरण स्वीकृत हुनूपर्ने व्यवस्था छ।

हालसम्म पनि केही बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ कै एनएफआरएस प्रणालीमा वित्तीय विवरण तयार पर्न सकेका छैनन्। वित्तीय विवरण तयार पारेका कम्पनीले पनि तोकिएको ढाँचामा तयार पार्न नसक्दा हालसालै मात्र बीमा समितिबाट स्वीकृत गराएर केहीले बल्ल अघिल्लो आर्थिक वर्ष २०७४/७५ को साधारण सभा सम्पन्न गरेका छन् ।

Read More