‘१०.२५% कुमार बैंक डिबेन्चर–२०८६’ का इकाइहरु आजबाट बिक्री खुला


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘१०.२५% कुमार बैंक डिबेन्चर–२०८६’ का इकाइहरु आजबाट बिक्री खुला

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँको ऋणपत्र आज सोमबारदेखि बिक्री खुला गरेको छ ।

बैंकले ‘१०.२५% कुमार बैंक डिबेन्चर–२०८६’ का इकाइहरु बिक्री खुलाएको हो । यो १० वर्षे ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशतका दरले ब्याज पाइनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा उपलब्ध हुनेछ ।

कुल ३ अर्बमध्ये १ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्र सर्वसाधारणका लागि निश्कासन गरिएको छ भने बाँकी रहेको १ अर्ब ८० करोडको ऋणपत्र प्राइभेट प्लेसमेन्टका आधारमा बिक्री गरिनेछ ।

लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतम १२ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्कासन बन्द मिति छिटोमा पुस १७ गते र ढिलामा माघ १४ गतेसम्म रहेको छ ।

Read More