सामाजिक सञ्जाल दुरुपयोग गरे १५ लाखसम्म जरिवाना, ५ वर्ष कैद


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सामाजिक सञ्जाल दुरुपयोग गरे १५ लाखसम्म जरिवाना, ५ वर्ष कैद

सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिमा पारित भएको छ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले आइतबार प्रतिपक्षीको फरक मतका बाबजुद विधेयक बहुमतले पारित गरेको हो। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले विधेयकमा थुप्रै संकुचित प्रावधान राखिएको भन्दै फरक मत राखेका थिए।

समिति सदस्यसमेत रहेका कांग्रेसका ४ सांसद बहादुरसिंह लामा, जिपछिरिङ लामा, रामबहादुर बिष्ट र रंगमति शाहीले विधेयकमा चारबुँदे फरक मत प्रस्तुत गरेका छन्। ‘कार्यान्वयन गर्न नसकिने कानुन बनाउँदा विधायिकाको कानुन बनाउने शक्तिमा एकप्रकारको नैतिक ह्रास र राजनीतिक रूपमा विधायिकाको वैधतामा गम्भीर प्रश्न उठ्छ’, चार सांसदको फरक मतमा भनिएको छ, ‘विधायिकाले आफ्नो विधि निर्माण गर्ने शक्तिलाई क्षिण गर्नु स्वाभाविक हो।’

Read More