कालिका र जनसेवीले पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कालिका र जनसेवीले पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने

कालिका लघुवित्त (KMCDB)  र जनसेवी लघुवित्तले पुस २३ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती पाएपश्चात यी दुईले सो दिनदेखि एकीकृत कारोबार शुरु गर्ने तयारी गरेका हुन्।

 एकीकृत कारोबार गर्न राष्ट्र बैंकले गत पुस २ गते अन्तिम स्वीकृती दिएको थियो। त्यसैगरी, कम्पनी रजिष्ट्रारको कार्यालयले गाभिने संस्थाको सम्पूर्ण सम्पत्ती तथा दायित्व गाभ्ने संस्थाले सकार्ने व्यहोर्ने गरी पुस ११ गते स्वीकृति दिएको थियो।

गत कात्तिक २५ गते सम्पन्न यी दुबै लघुवित्तको विशेष साधारण सभाले एकआपसमा गाभ्ने÷गाभिने प्रस्ताव पारित गरेको थियो। मर्जरपश्चात बनेको संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ भने लघुवित्तको रजिष्टर्ड कार्यालय वालिङ्ग–८, स्याङ्गजामा रहनेछ। यी दुबै लघुवित्त एक बराबर एक स्वाप रेशियोका गाभिएका हुन्।

Read More
  • MBL - below news