बिमा भएको ल्याप्स केसलाई ५ प्रतिशतभन्दा कममा झार्न निर्देशन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बिमा भएको ल्याप्स केसलाई ५ प्रतिशतभन्दा कममा झार्न निर्देशन

पोखरा-नेपाल बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइँले बिमा भएको ल्याप्स केसलाई न्यूनतम ५ प्रतिशत भन्दा कममा झार्न बिमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । लाइफ इन्शोरेन्स कपोरेशन (नेपाल) लिमिटेड गण्डकी प्रदेश कार्यालयको पोखरामा उद्घाटन गर्दै अध्यक्ष चापागाइँले हाल बिमाको संख्या बढेसँगै बिमा ल्याप्स केससमेत बढ्दै गएकोमा त्यसलाई न्यूनतम ५ प्रतिशत भन्दा कममा झार्न बिमा कम्पनी तथा बिमा अभिकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नेपालमा आउने पर्यटक भन्दा नेपालबाट बाहिर जाने पर्यटकको ठूलो रकम विदेसिएसँगै आफूहरुले देशको आर्थिक अवस्था थप सुधार गर्ने उद्धेश्यले हाल विदेश जान निरुत्साहित गरेको अध्यक्ष चापागाइँले बताए । विभिन्न बिमा कम्पनी र लायन्स क्लवहरुबाट धेरै जना विदेश जाने गरेकोले गर्दा उनीहरुलाई स्वदेशै घुमघाम गर्ने वातावरण सृजना गर्न आग्रह गरेको उनले जनाए । बिमामा सुशासन कायम गर्न अब छिट्टै ट्रयाकिङ सिस्टम लागु गरी हरेक पटक बिमा गर्दा बिमाको अभिलेखिकरण समेत हुने प्रणाली लागू गर्न लागेको अध्यक्ष चापागाइँले जनाए । जीवन तथा निर्जिवन दुवै बिमाको अभिलेखिकरण राख्ने एउटा सफट्वयरको विकास गर्न लागेको उनले जनाए । नेपाली बिमा बजार हाल धेरै फस्टाउँदै गएको बताएका अध्यक्ष चापागाइँले सबै बिमा फाइदामा गएको दाबी गरे ।

Read More
  • MBL - below news