लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको प्रतिइकाई खुद मूल्य बढ्यो


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको प्रतिइकाई खुद मूल्य बढ्यो

पुस १३, काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्विटी फण्डको प्रतिइकाई खुद मूल्य बढेको छ । मंसिर मसान्तसम्ममा लक्ष्मी इक्विटी फण्डको प्रतिइकाई खुद मूल्य रू. ८ दशमलव ६१ पुगको छ । यो मूल्य कात्तिक मसान्तसम्ममा रू. ८ दशमलव ४० थियो । त्यस्तै, गरी लक्ष्मी भ्यालु फण्डको मंसिर मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य रू. ९ दशमलव ७३ रहेको छ । यो मूल्य कात्तिक मसान्तसम्ममा रू. ९ दशमलव ५१ थियो । 

मंसिर मसान्तसम्ममा लक्ष्मी इक्विटी फण्डको सूचीकृत धितोपत्रमा लगानी,  सार्वजनिक निष्कासन र ऋणपत्र बन्डमा गरी कुल लगानी रू. ८३ करोड ५ लाख पुगेको छ । कात्तिक मसान्तसम्ममा यो लगानी रू. ८१ करोड  ९८ लाख थियो । यस योजनाको मंसिर मसान्तसम्ममा कुल लगानी (धितोपत्र दलाल कमिशन समेत) गरेर रू. १ अर्ब ८ करोड हो । 

Read More
  • MBL