मर्जर कहिलेकहिले हकप्रदको घोषणा अहिले, लघुवित्तहरुले किन गर्दैछन् यस्तो ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मर्जर कहिलेकहिले हकप्रदको घोषणा अहिले, लघुवित्तहरुले किन गर्दैछन् यस्तो ?

काठमाडौं : पछिल्लो समय केही लघुवित्त कम्पनीहरुले सेयर बजारमा चलखेल गर्ने नियतका साथ कुनै अमूक कम्पनीसँग मर्जर अनि त्यसपछि आकर्षक हकप्रद जारी गर्ने भन्दै प्रस्ताव राखेर साधारण सभा बोलाइरहेका छन् । कुन कम्पनीसँग कहिले मर्ज गर्ने भन्ने कुनै टुंगो छैन । मर्ज हुने वा होइन त्यो पनि अत्तोपत्तो छैन । त्यत्तिकै बजारलाई प्रभावित पार्ने हिसाबले मर्जर, एक्विजिसन अनि आकर्षक हकप्रद भन्दै साधारण सभाको एजेन्डा तय गरिने प्रवृत्ति हावी भएको हो । मानौं, कुनै अर्को कम्पनीसँग मर्ज भइ हाल्यो भने पनि हकप्रद आउने ग्यारेन्टी हुँदैन । किन भने मर्जपछि कम्पनीको सञ्चालक समिति, उच्च व्यवस्थापन परिवर्तन वा संशोधन हुन्छ । नयाँ सञ्चालक समितिले हकप्रद आवश्यक नठान्न पनि सक्छ ।

फेरि, मर्ज वा एक्विजिसनपछि सामान्यतयः कम्पनीको पुँजी वृद्धि हुने सम्भावना रहेकाले हकप्रद आवश्यक नपर्न पनि सक्छ । आवश्यक परे पनि कति अनुपातमा भन्ने टुंगो अहिल्यै हुँदैन । यसर्थ, पब्लिक कम्पनीहरुले यस्ता हर्कत गर्नु सरासर गलत प्रवृत्ति हो । हकप्रद ल्याउने भनेर सर्किट नै लाग्ने गरी सेयर भाउ बढाउने र संस्थापक तथा केही टाठाबाठाले बेचेर निस्किने प्रवृत्ति पनि छ । अनि, सोझा र नयाँ लगानीकर्ता यही आकर्षक हकप्रदको लोभमा महँगो मूल्यमा सेयर किनेर फस्ने सम्भावना पनि उत्तिकै बढेर गएको छ ।

Read More