काठमाडौं । सम्पत्ति शुद्धीकरण (सं.शु) भन्नाले गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यलाई बुझिन्छ ।
सम्पत्ति शुद्धीकरणका प्रमुख सम्भाव्य स्रोतहरु के के हुन् ?
गैरकानुनी रुपमा आर्जित सम्पत्तिलाई कानुनी आय बनाउने अर्थात कालो धनलाई सेतो धन बनाउने प्रक्रियाको सबै प्रयास एवं क्रियाकलापलाई सम्पत्ति शुद्धीकरणको स्रोतको रुपमा लिनुपर्दछ ।
सम्पत्ति शुद्धीकरणका सम्भाव्य स्रोतहरु विभिन्न हुनसक्ने भएतापनि देहायका स्रोतहरुबाट प्राप्त आर्जनको सम्पत्ति शुद्धीकरण हुने गरेको विश्वव्यापी अनुभव रहेको छ ।
आतंककारी कार्य र आतंकवादमा भएको वित्तीय लगानी, लागू औषध कारोवार, भ्रष्टाचार, अवैध हातहतियारको कारोवार, मानव तस्करी तथा अमूल्य वस्तु, जनावर र बोटविरुवाको तस्करी, सीमा तस्करी,
चिठ्ठा ठगी, माफिया सञ्चालन, हुण्डी व्यापार, क्यासिनो, अपहरण र फिरौती, चोरी र डकैति (पाइरेसी), राजश्व छली कुनै पनि गैर कानूनी कार्य वा कालो धन सेतो पार्ने जुनसुकै कार्य ।
अर्को तर्फबाट हेर्दा आपराधिक संगठनहरुका सदस्यहरु, भ्रष्ट कर्मचारीहरु, लागु पदार्थका कारोबारीहरु, आतंककारीहरु, गैरकानूनी व्यापारीहरु, असामाजिक क्रियाकलापमा लागेका व्यक्तिहरुका गतिविधिहरु सम्पत्ति शुद्धीकरणका प्रमुख स्रोतहरु हुन् ।
सम्पत्ति शुद्धीकरण निवारण किन जरुरी छ ?








