देशभरका स्थानीय तहको लेखाप्रणाली सर्भरमा 'साइबर आक्रमण', २१ दिनको डेटा नष्ट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
देशभरका स्थानीय तहको लेखाप्रणाली सर्भरमा 'साइबर आक्रमण', २१ दिनको डेटा नष्ट

काठमाण्डौ । देशभरिका स्थानीय तहको लेखा प्रणाली सञ्चालन हुने केन्द्रीय सर्भरमा साइबर आक्रमण भएपछि नष्ट भएको २१ दिनको डेटालाई पुन:स्थापना गर्न नसकिएको अधिकारीहरूले बताएका छन्।

महालेखा नियन्त्रक कार्यालयअन्तर्गत रहेको प्रणालीमा सुरक्षाका निम्ति राखिएको ब्याकअप डेटा पनि नष्ट भएको हुन सक्ने उनीहरूले जानकारी दिए। कार्यालयका प्रवक्ता रमेशप्रसाद शिवाकोटी भन्छन्, "करिब २१ दिनको डेटा पुन: समाविष्ट गर्न हामीले सबै स्थानीय तहलाई निर्देशन दिइसकेका छौँ।"

घटनाबारे हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको र सबै स्थानीय तहमा उक्त प्रणाली पुन: सञ्चालनमा आइसकेको उनीहरू बताउँछन्।

के भएको थियो?

देशभरिका ७५३ वटै स्थानीय तहको लेखा प्रणाली आबद्ध रहेको 'सबन्याश्नल ट्रेजरी रेगुलेटरी एप्लिकेशन'मा समस्या देखिएपछि झन्डै एक वर्षको डेटा नष्ट भएको ठानिएको थियो। 

उक्त प्रणालीमा गत साता अकस्मात् समस्या देखिएको थियो। तर डेटा पुन: स्थापना गर्दा अधिकांश डेटा प्रणालीमा फिर्ता ल्याउन सकिएको शिवाकोटीले बताए। उनले भने, "तर करिब २१ दिनको डेटा भने हामीले रिकभर (पुन:प्राप्त) गर्न सकेनौँ।"

Read More