महिनाको ९ हजार ३६३ रुपैयाँ किस्ता बुझाउनेगरी एभरेष्ट बैंकले घर किन्न ऋण दिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महिनाको ९ हजार ३६३ रुपैयाँ किस्ता बुझाउनेगरी एभरेष्ट बैंकले घर किन्न ऋण दिने

एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ।

बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता ९ हजार ३६३ मात्रको होम लोन ल्याएको हो।

दश लाख रुपैयाँ ऋण लिँदा मासिक सो रकम बुझाए पुग्नेछ। ऋण समाप्त गर्नका लागि सो रकम २५ वर्षसम्म बुझाउनुपर्नेछ।

त्यस्तै मासिक १८ हजार ७२७ रुपैयाँ बुझाउनेगरी २० लाख रुपैयाँ ऋण लिन सकिनेछ। ग्राहकले २५ वर्षसम्मका लागि यस्तो ऋण पाउने छन्। महिनामा किस्ता रकम धेरै बुझाएर समयावधि घटाउन सकिने बैंकले जनाएको छ। 

Read More
  • MBL - below news