काठमाडौं : केन्द्रीय बैंकले आवधिक, घर तथा हायर पर्चेज कर्जामा कडाई गरेको छ । मंगलबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले यी क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रबाट प्रभावित हुने ऋणमा सीमा तोकेको हो । नयाँ निर्देशन अनुसार यी क्षेत्रमा अब आफ्नो आम्दानीको ५०% सम्म मात्र ऋण लिन पाइनेछ । बैंक तथा वित्तीय क्षेत्रबाट सबैभन्दा धेरै कर्जा यही ३ क्षेत्रमा प्रभावित हुँदै आएको छ ।
यसमा केन्द्रीय बैंकले अब सुक्ष्म निगरानी गर्ने भएसँगै यी ३ क्षेत्रमा प्रवाह हुने कर्जामा सुस्ता आउन सक्ने अनि सँगसँगै बैंकिङ प्रणालीमा भने तरलता अवस्था सहज हुने विश्लेषणहरु आउन थालेका छन् । तरलता सहज भएपछि बैंकको ब्याजदर घट्ने छ । सीधा रुपमा हेर्दा ब्याजदर घटेपछि सेयर बजारलाई सकारात्मक प्रभाव पर्छ । किने भने बैंक ब्याजदर र सेयर बजारबीच जहिले पनि विपरीत सम्बन्ध हुने गर्छ ।





