५ अर्ब पुँजीको स्टक डिलर कम्पनी खुल्ने, सर्वसाधारणलाई पनि शेयर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
५ अर्ब पुँजीको स्टक डिलर कम्पनी खुल्ने, सर्वसाधारणलाई पनि शेयर

नागरिक लगानी कोषले ५ अर्ब चुक्ता पुँजी भएको स्टक डिलर कम्पनी खोल्ने भएको छ । कोषले सर्वसाधारणको समेत लगानी रहने गरी स्टक डिलर कम्पनी खोल्ने तयारी गरेको हो । यसमा सरकारको स्वामित्व रहेका अन्य कम्पनीले समेत लगानी गर्ने छन् । 

नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालका अनुसार नयाँ बन्ने स्टक डिलर कम्पनीमा कोषको ५१ प्रतिशत स्वामित्व रहने छ । त्यस्तै नेपाल टेलिकम, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेपाल पुनर्बीमा कम्पनी, संचय कोष, र निक्षेप तथा कर्जा सुरक्षण कोषले यसमा लगानी गर्ने छन् । सर्वसाधारणको २० देखि ३० प्रतिशत स्वामित्व रहने गरि काम अगाडी बढाईएको र कोष बाहेकका अन्य कम्पनीले बढी लगानी गर्ने इच्छा देखाए सर्वसाधारणको स्वामित्व घट्ने उनले बताए ।  केहि दिन मै लगानी मोडालिटीको टुंगो लगाउने र त्यसपछि कसको कति लगानी रहने बारे यकिन जानकारी हुने उनले बताए । लगानी मोडालिटी टुङ्गो लागेपछि कम्पनी दर्ता गरेर काम सुरु गर्ने योजना रहेको उनले बताए। 

यस अघि १० अर्ब पुँजीको कम्पनी खोल्ने भए पनि तत्कालको सो सम्भव नहुने देखिएकोले ५ अर्बको कम्पनी खोलिने उनले जानकारी दिए । उनले भने 'पुँजी भन्दा पनि बास्केट फण्ड महत्वपूर्ण कुरा हो, बास्केट फण्ड ठुलो नै हुन्छ' । 

Read More